जानकी गाउँपालिका–१ साईगाउँमा “सैय्यदा खदीजतुल कुबरा कॉन्फ्रेन्स” भव्य रूपमा आयोजना हुँदै
जेष्ठ ७ गते बाँके, नेपालगन्ज = इस्लाम धर्मकी पहिलो मुस्लिम महिला र रसूलअल्लाह सल्लल्लाहु अलैहि वसल्लमकी धर्मपत्नी, सैय्यदा ख़दीजतुल कुब्रा इस्लाम धर्मकी महान र आदरणीय शख्सियत, उम्मुल मोमिनीन सैय्यदा खदीजतुल कुबरा (र.अ) को जीवन यात्रा, योगदान र शिक्षालाई उजागर गर्नको लागि एक भव्य “सैय्यदा खदीजतुल कुबरा कॉन्फ्रेन्स” यहि आउँदो जेठ ७ गते, बुधवार का दिन जानकी गाउँपालिका वडा नं. १, साईगाउँमा आयोजना हुँदैछ।
यस ऐतिहासिक धार्मिक सम्मेलनमा इस्लामी विद्वान्हरू (उलेमा-ए-किराम) र विशिष्ट अतिथिहरू (मेहमान-ए-गिरामी) द्वारा सैय्यदा खदीजा (र.अ) को जीवन र इस्लाममा उहाँको अतुलनीय योगदानबारे विभिन्न महत्वपूर्ण बयान (प्रवचन) दिइनेछ।
कार्यक्रममा सहभागी भएर इल्म, मगरिफ़त र सवाबे दारैन (दुनिया र आखिरतको फाइदा) प्राप्त गर्ने सुनौलो अवसर रहेको आयोजकले जानकारी दिएका छन्।
समस्त मुस्लिम भाइ तथा बहिनीहरूलाई यस पुण्य अवसरमा समयमै उपस्थित भई महफ़िललाई सफल पार्न आयोजक पक्षले विनम्र अनुरोध गरेका छन्।



