२१ कार्तिक २०८३, शुक्रबार

जिउ मास्ने बेच्ने कसूरका फरार प्रतिवादी पक्राउ

एसीपी संवाददाता

१९ पुष २०७८, सोमबार ०१:५८ मा प्रकाशित

जिउ मास्ने बेच्ने कसूरका फरार प्रतिवादी पक्राउ परेका छन ।

नुवाकोट सूर्यगढी गाउँपालिका-२ ठेगाना भएका ५० वर्षीय टेक बहादुर लामिछानेलाई पुस ११ गते प्रहरीले काठमाडौं तारकेश्वर नगरपालिका-४ लोलाङ हाईटबाट उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं नयाँबजार डेरा गरी बस्ने पीडित महिलाको श्रीमान बिरामी भई घरमा गएको मौकामा टेक बहादुरले ती महिलालाई श्रीमती बनाउँछु, दु:ख गर्नु पर्दैन भन्दै ललाई फकाई २०४९ जेठ ३० गते धनकुटा लैजाने भन्दै काकँडभिट्टा हुँदै भारतको नयाँदिल्ली पुर्‍याएका प्रहरीले जनाएको हो ।

ती महिलालाई उनले दुई जना महिलालाई जिम्मा लगाई ३५ हजार भारतीय रुपैयाँमा बिक्री गरेको थाहा पाएपछि उनी बाटोबाटै भाग्न सफल भई २०४९ असार १६ गते नेपाल फर्केर २०४९ कात्तिक २६ गते टेक बहादुर विरुद्ध जिल्ला प्रहरी काठमाडौंमा मुद्दा दर्ता गराएकी थिइन् ।

उक्त मुद्दाको अनुसन्धान क्रममा प्रहरी प्रधान कार्यालय मानव बेचविखन अनुसन्धान व्यूरो ववरमहलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  उनी उपर थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x