१२ आश्विन २०८३, सोमबार

ज्यान गुमाउनुहुने प्रति हार्दिक श्रद्धाञ्जली, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना

एसीपी संवाददाता

१८ कार्तिक २०८०, शनिबार ०९:०३ मा प्रकाशित

काठमाडौं – सासद एवं नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य आरजु देउवा राप्णले शुकबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्पले जाजरकोट र रुकुमपश्चिममा ठूलो धनजनको क्षति पुगेको खबरले मर्माहत भएको छु बताउनु भएको छ ।  भुकम्प प्रभावित क्षेत्रमा यथासक्य चाडो उद्धार र राहतका काममा जुट्न सरकारलाई अपील गर्नु भएको छ । ज्यान गुमाउनुहुने प्रति हार्दिक श्रद्धाञ्जली दिदै  घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नु भयो । समाजिक संजाल मार्फत वहाले शिघ्र उद्दार कार्यको लागि सरकार सङ अपिल गर्नु भयो ।  शुक्रबार राती जाजरकोट केन्द्र बिन्दु बनाएर आएको भुकम्पजाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या १२८ पुगेको छ ।प्राप्त प्रहरीको पछिल्लो रिपोर्ट अनुसार जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको जाजरकोटका डिएसपी सन्तोष रोकाले रातोपाटीलाई बताए ।भूकम्पका कारण भेरी नगरपालिका स्थित खलङ्गा बजार र नलगाड नगरपालिकामा धेरै क्षति पुगेको छ ।भूकम्पका कारण ५५ जना घाइते भएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x