१८ आश्विन २०८३, आईतवार
झापा–११ लाई २–१ ले हराउँदै आर्मी च्यम्पियन
पाँचौँ संस्करणको झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । सोमबार भएको फाइनल खेलमा घरेलु टोली झापा–११ लाई २–१ ले हराउँदै आर्मी च्यम्पियन बनेको हो । योसँगै आर्मी झापा गोल्डकपमा पाँचौँपटक च्याम्पियन बनेको हो । आर्मीले यसअघि पहिलो, तेस्रो, चौथो संस्करणको उपाधि पनि जितेको थियो ।
घरेलु टोली झापा–११ भने उपाधि जित्न फेरि एकपटक चुकेको छ । लगातार पाँचवटै संस्करणमा झापा उपविजेतामै सीमित बनेको छ । दोस्रो संस्करणको झापा गोल्डकपमा मनाङ मस्र्याङ्दी क्लबसँग हारेको झापा चारवटा संस्करणमा भने आर्मीसँगै पराजित भएको हो । जितसँगै आर्मीले नगद १२ लाख ५५ हजार रुपैयाँ र ट्रफी हात पारेको छ । उपविजेता भएको झापा–११ ले ६ लाख पाँच हजार रुपैयाँ नगद र ट्रफीमा चित्त बुझाएको हो ।
Subscribe
Login
0 Comments


