२ आश्विन २०८३, शुक्रबार

टिकटकजस्ता सामाजिक सञ्जालमा तस्बिर र भिडियो राख्दा गम्भीर अपराध

एसीपी संवाददाता

२१ फाल्गुन २०७८, शनिबार ०१:२४ मा प्रकाशित

काठमाडौं । साइबर ब्यूरोले युट्युब र टिकटकजस्ता सामाजिक सञ्जालमा तस्बिर र भिडियो राख्दा गम्भीर अपराधका पीडितको गोपनीयताको ख्याल गर्न अनुरोध गरेको छ ।

शुक्रबार ब्यूरोले एक सूचना जारी गर्दै प्रविधिको दुरुपयोग गरी युट्युब र टिकटक जस्ता सामाजिक सञ्जालमा गम्भीर प्रकृतिको अपराधको अनुसन्धानलाई प्रभावित पारेर पीडितको गोपनीयता ख्याल नगरिएको भन्दै गम्भीर बन्न आग्रह गरेको हो ।

ब्यूरोका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक नविन्द्र अर्यालद्वारा जारी सूचनामा भनिएको छ– ‘अनुसन्धानलाई प्रभावित पार्ने उदेश्यले भ्रामक र भुट्टा क्याप्सन राखी भिडियो तथा तस्बिरहरु अपलोड गरी समाजमा उत्तेजना एवं अफवाह फैलाउने, सामाजिक सद्भावमा खलल पुर्याउने, पीडितको गोपनीयताको हक हनन् गर्दै निजतको सामाजिक एवं मानिसक स्वास्थ्यमा नकारात्मक असर पुर्याउने प्रवृत्ति देखिएकाले यस्ता गतिविधि नगर्न अनुरोध छ ।’

पछिल्लो समय नाबालिका गायिकालाई बलात्कार गरेको अभियोगमा नायक पल शाह तनहुँस्थित जिल्ला प्रहरी कार्यालयको थुनामा छन् । हिरासतमा राखेर अनुसन्धान भइरहँदा शाहका पक्षधरले प्रहरी कार्यालयबाहिर पक्षको पक्षमा नाराबाजी गर्दैै पीडित गायिकालाई मानमर्दन गरी भिडियो बनाइरहेका छन् ।

प्रहरी कार्यालयबाहिर युट्युबरको पनि ठूलै जमात छ, जसले नयाँ खुलासाको नाममा अनेक भ्रम फैलाइरहेका छन् । उनीहरूले भ्रम मात्र छरेका छैनन्, प्रहरी र न्यायाधीश पनि आफैं बनेर फैसला सुनाइसकेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x