४ आश्विन २०८३, आईतवार

 ‘टीकापुर घटनाको त्रुटिपूर्ण फैसला सच्याउन सर्वोच्चले ढिलाइ गर्नु दुर्भाग्य’

एसीपी संवाददाता

३ पुष २०७८, शनिबार ०३:५७ मा प्रकाशित

थरुहट थारुवान मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले टीकापुर घटनामा उच्च अदालत दिपायलले गरेको त्रुटिपूर्ण फैसला सच्याउन सर्वोच्च अदालतले ढिलाइ गरेकोप्रति असन्तुष्टि जनाएका छन् ।

०३ गते पौष २०७८ , धनगढी । टीकापुर घटनामा उच्च अदालत दिपायलले गरेको त्रुटिपूर्ण फैसला सच्याउन सर्वोच्च अदालतले ढिलाइ गरेको भन्दै थरुहट थारुवान मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले असन्तुष्टि जनाएका छन् ।

शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको आयोजनामा बोल्‍दै थरुहट थारुवान मोर्चाका केन्द्रीय संयोजक थारुले एक वर्षअघि आजकै दिन गरेको फैसला सच्याउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश गरिए पनि हालसम्म सुनवाइ नभएको भन्दै नेताहरुले असन्तुष्टि जनाएका हुन् ।

‘थारु समुदायमाथि जिल्ला अदालत कैलालीले गरेको अन्यायपूर्ण फैसला सच्याउन माग गर्दै हामीले उच्च अदालत दिपायलमा गरेको पुनरावेदनको फैसला आएको एक पुगिसक्यो,’ थारुले भने, ‘तर हामीमाथि न्याय माग्दा पुनरावेदन अदालतले उल्टै अन्याय गरेको छ । उक्त फैसला सच्याउन माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको रिट निवेदनमाथि अझै सुनवाइ भएको छैन । यो थारु समुदायका लागि दुर्भाग्यपूर्ण छ ।’

तत्कालीन सरकारको सेटिङमा उच्च अदालतले गरेको त्रुटिपूर्ण फैसला सच्याउन ढिलाइ गरेको भन्दै चाँडो सुनवाइ गर्न समेत उनले माग गरे ।

उच्च अदालतका न्यायाधिशद्वय टेकनारायण कुँवर र सीताराम मण्डलको इजलासले गरेको फैसला मनोगत, संकीर्ण, कपटी र तत्कालीन सरकारको सेटिङमा आएको भन्दै उनले सर्वोच्च अदालतले उक्त फैसला सच्याउनेमा आफू विश्वस्त रहेको बताए ।

थरुहट थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनका क्रममा ७ भदौ २०७२ मा टीकापुरमा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा ८ प्रहरीसहित एक नाबालकको मृत्यु भएको थियो ।

उक्त घटनामा कैलालीले २२ फागुन २०७५ मा रेशम चौधरीसहितका १० जनालाई जन्मकैदको फैसला सुनाएको थियो  भने लक्ष्मण थारु ल्गायतका १२ जनालाई तीन वर्ष कैद सजाय तोकिएको थियो ।

तर गत वर्षको पुष २ गते उच्च अदालत दिपायलले रेशम थारु, लक्ष्मण चौधरीसहितका १० जनालाई जन्मकैदको फैसला सुनाएको थियो । उक्त मुद्दा सच्याउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । तर सुनवाइ हुन सकेको छैन । अनलाइनखबर

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x