५ आश्विन २०८३, सोमबार

टेक्ससको जनलहर बुद्धिसागर पक्षमा

एसीपी संवाददाता

२३ बैशाख २०७८, बिहीबार ०२:३८ मा प्रकाशित

समावेशी, विभिन्न विषयका ज्ञाता र युवा तथा महिलाहरूको बाहुल्यता रहेको बुद्धि सुवेदी समूह यो हप्ता टेक्सस राज्य स्थित शहरहरु डलास(अर्भिगं), हियुस्टन, अस्टिन र वेको शहरहरुमा आफ्नो चुनावी प्रचार कार्यक्रम सम्पन्न गरेका छन्। टेक्सस हाम्रो राज्य हो, हामी यहाँका राजा हौँ भन्ने साथीहरु बोलेर अथवा प्रचार गरेर भन्दा पनि काम गरेर देखाउनुपर्छ भन्ने सोचका साथ अघि बढेका आसन्न निर्वाचनका अध्यक्ष प्रत्यासी बुद्धिसागर र उनका समूहसँग को साक्षात्कार पछि टेक्सस बासी नेपाली दाजुभाई दिदीबहिनीहरुले भन्नुभयो अब हामी बुद्धिसागर को पक्षमा छौं ।हामीमाथि भ्रमको खेती गराइएको रहेछ भन्दै यो समूहको आगमनलाई कृतज्ञता व्यक्त पनि गरिएको थियो ।

कार्यक्रममा सुवेदीका साथमा बरिष्ठ उपाध्यक्षका उम्मेदवार बाबुराम लामा, उपाध्यक्षका उम्मेदवारहरु गोपेन्द्र भट्टराई, डिलु पराजुली, सुमन थापा, राम हरि अधिकारी, महासचिवका उम्मेदवार अन्जन कुमार चौलागाइ, सचिवका उम्मेदवारहरु अनुप खनाल, तारा ढकाल मरहट्टा (महिला तर्फ), कोषाध्यक्षका उम्मेदवार राजीव श्रेष्ठ, सहकोषाध्यक्षका उम्मेदवार अग्नि ढकाल, महिला संयोजककी उम्मेदवार सुन्दरी गुरुङ, युवा संयोजकका उम्मेदवार त्रिभुवन पाण्डे, बोर्ड सदस्यका उम्मेदवारहरु बिशाल राना, रबि बस्नेत, सन्तोष पाहारी, प्रभात सापकोटा, सरोज सिग्देल, डाक्टर प्रकाश श्रेष्ठ, कुलानन्द शर्मा, प्रदिप पौडेल उपस्थित रहेका थिए। त्यसैगरी आइसीसी सदस्यका उम्मेदवार सुरेन्द्र मल्ल र गोविन्द सुवेदी, नारायण कडेल च्याप्टरक उम्मेदवारहरुको पनि साथमा रहेका थिए।सुवेदीसंगको अन्तरक्रिया कार्यक्रममा हरेक शहर दर्जनौं च्याप्टर उम्मेदवारको उपस्थितिले गर्दा कार्यक्रम बेजोड रहेको थियो।
हाल सम्मकै भव्य अनि सभ्य कार्यक्रम को रुपमा परिचित डलास(अर्भिगं) कार्यक्रमको सभापती श्री भगवान मैनाली गर्नुभएको थियो भने प्रमुख अतिथिमा श्री बुद्धि सागर सुवेदी कार्यक्रम संयोजक श्री सुमन थापा, कार्यक्रम सह संयोजक श्री सरोज सिग्देल गर्नुका साथै कार्यक्रम संचालन को जिम्मेवारी श्री अग्नि ढकाल सम्हाल्नुभएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x