२९ आश्विन २०८३, बिहीबार

ठाकुरको एक पन्चले ढले उपेन्द्र यादव र बाबुराम

एसीपी संवाददाता

१२ बैशाख २०७८, आईतवार १४:५६ मा प्रकाशित

काठमाडौं । सत्ता समीकरणको निर्णायक शक्ति जनता समाजवादी पार्टी नेपाल अहिले पूर्वराजपा र समाजवादी गरेर दुई धारमा छ । एक धारको नेतृत्व अध्यक्ष महन्थ ठाकुरले गरिरहेका छन् भने अर्को धारलाई उपेन्द्र यादव र बाबुराम भट्टराईले ह्याण्डल गरिरहेको छ । तर ठाकुर निर्णायक बन्दै गएका छन् ।

यसैक्रममा अध्यक्ष महन्थ ठाकुरले अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराई ढल्नेगरी बोल्ड निर्णय लिएका छन् । ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको एमाले सरकारलाई साथ दिने निर्णय गरेका हुन् । ओली सरकारले मधेस मुद्दा सम्बोधन गर्न सुरु गरेकाले ठाकुर उपेन्द्र-बाबुरामलाई पन्छाउँदै अघि बढेका हुन् ।

उपेन्द्र र बाबुराम प्रतिपक्षी दल कांग्रेससँग मिलेर अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिरहेका बेला जसपाका महन्थ ठाकुर र उनीनिकट सांसदहरुले ओली सरकारलाई समर्थन गर्ने अन्तिम तयारी गरेका हुन् ।

ठाकुर निकट उच्च स्रोतका अनुसार ओली सरकारले मधेस आन्दोलनमा उठाउँदै आएको माग पूरा गर्ने प्रक्रियामा गइसकेको, झुठा मुद्दा फिर्ता लिन थालेकाले पूर्वराजपाले सरकारलाई सहयोग गर्ने टुंगो लागेको हो । महन्थका साथमा २३ सांसद सरकारलाई सघाउन तयार भएका छन् ।

प्रधानमन्त्री ओली भने ठाकुर नेतृत्वको समूह सरकारमा सहभागी भए ८ मन्त्रालयसहित दिने मुडमा छन् । उनले पटक पटक प्रस्ताव पनि गरिसकेका छन् । मन्त्रालय दिएर मधेस आन्दोलनताका लगाइएका मुद्दा र रेशम चौधरीको मुद्दा पनि प्रक्रियागत रुपमा टुंग्याउने प्रधानमन्त्री ओलीको बचन छ । जसमा ठाकुर सहमत छन् । ठाकुर जति जति ओलीसँग नजिकिँदैछन् त्यति नै उपेन्द्र-बाबुरामको ढुकढुकी बढिरहेको छ ।

उनीहरु कुनै हालतमा ओली सरकारलाई हटाएर कांग्रेस, माओवादी र जसपाको सरकार बनाउने कसरतमा छन् । तर ओलीले ठाकुरलाई कन्भिन्स गरेसँगै यो सम्भावना टर्दै गएको छ । उपेन्द्रको ओलीसँग सरकारबाट निकालेको व्यक्तिगत इगो छ । जसका कारण उनी हरसम्भव हटाउन प्रयत्नशील छन् ।

जसपामा अहिले ३२ सांसद छन् । जसमध्ये १६ जना पूर्व राजपा र १६ जना पूर्व समाजवादीबाट सांसद छन् । तर अहिले अध्यक्ष ठाकुरको पक्षमा २३ सांसद खुलेका छन् । उपेन्द्रका सांसद पनि मधेसका मुद्दा समाधान हुने भएपछि ठाकुरतिर लागेका छन् । उपेन्द्र मधेसका मुद्दालाई सत्ताको सिँढी बनाएकोमा असन्तुष्ट छन् । जसलाई ठाकुरले क्यास गर्न सफल भएका छन् । नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x