ओम आचार्य
११ भाद्र २०८०, सोमबार १८:२१ मा प्रकाशित<
ओम आचार्य
नेपाली काग्रेस भित्र धेरै नेताहरु छन ! शिर्ष नेता देखी कनिष्ठ सम्म ! काग्रेस भित्र काग्रेसका केन्द्रिय पदाधिकारी देखी मनोनित सदस्यहरु र भातृ संगठन सम्मका सबै काग्रेसका नेताहरु नै हुन ! अहिले देशमा गठवन्धनको सरकार छ ! गठवन्धनको सरकारले गरेका सबै निर्णयहरु सबै ठिक छन र सबै निर्णय र गठवन्धनको रणनीति र अभिव्यक्ती पनि सबै ठिक र सही छन भन्ने अवस्था पनि नहुन सक्छ! गठवन्धनको सरकारले गरेका सबै निर्णय संविधान सम्मत पनि नहुन सक्छ ! यस्तो अवस्थामा गठवन्धननमा सम्मिलित दलहरु र दलका नेताहरुले सरकारले दिएको अभिव्यक्ती र गरेका निर्णयहरु संविधान संगत नभएपनि स्विकार्दै गरेको समर्थन गरेको कारणबाट देशमा शुशान हराउदै गएको छ !
यस्तो राजनीतिक घटनाक्रमले कुनै पनि दलमा राजनेता जन्माउदैन ! सत्ता र सक्तीको लोभमा ,आसक्तीमा र दलका सभापती र दलका प्रधानमन्त्री रिसाउन्छन भनेर उनिहरुको नजिक रहने प्रवृती अत्यन्तै मौलाएर आएको छ! याहा सम्मकी गठवन्धन सरकार र त्यस सरकार समेटिएका मन्त्रीहरु वहिर्गमन हुनु पर्छ की भन्ने भय र त्रास मन्त्री र सम्बन्धित दलका सभापतिहरुमा छ !यही कारणबाट पनि सत्ता र सक्तीको लोभ र आसक्ती नै प्रमुख देखिएको छ!
संघ र प्रदेस सम्म अहिले यस्तै भइरहेको छ! के पी ओली प्रधानमन्त्री हुदा दुइ दुृइ पटक संसद विघटन गर्नु र कोशी प्रदेसमा संविधान विपरित असंगत तरिकाले दुइ दुइ पटक काग्रेसबाट मुख्यमन्त्रीले विस्वासको मत लिने प्रकृयालाइ अदालतले बदर गरिदिनु सम्मका अवस्थामा सम्बन्धित दल र त्यस दलमा आवध्द नेताहरु प्रतिरक्षामा उभिनु गलत अभ्यास र संस्कार दलहरुमा हुर्किरहेको देखिन्छ!
अहिले आफ्नो दल होस या अन्य दल,जुन सुकै दलका नेताको गैरजिम्वेवार अभिव्यक्ती र संविधान विपरीत गरेका निर्णयमा चोर औला देखाउने र विरोध गर्ने नेताहरु न्युन छन र त्यसमा पनि शिर्ष नेताहरु छैननका बराबर छम ! मुलुकमा रहेको यस्तो विसम परिस्थितींमा चोर औला देखाउने र प्रतिवाद गर्ने नेताको आवस्यक्ता जनताले आश गर्न थालेका छन ! त्यस्तो नेताको मुलुकमा आवस्यकत्ता महसुश हुन थालेको छ! यस्तो भएमा मात्र मुलुकले भविस्यमा राजनेता उत्पादन गर्न सक्छ!
अहिले कोइराला परिवारको विरासत बोकेको , कोइराला परिवार भित्र दिवंगत भएका नेताहरुमा
” यो काम म गर्छु” भन्ने दृढ विस्वास भएको देखिएको हुदा त्यही चरित्र र संस्कार रहेको डा. शेखर कोइरालामा देखिन्दै छ! –
डा.शेखर कोइराला चौंधो महाधिवेशन हुदा जसरी प्रस्तुत भएका थिए! त्यो भन्दा अझ परिमार्जीत अझ सुसंस्कृत हुदै नेपाली काग्रेस भित्र मात्र नभएर समग्र नेपालको राजनीतिमा
आफुलाइ प्रस्तुत गर्दै आइ रहेका छन !
अहिले उनले समसामयिक घटना र सरकारबाट भएका गलत निर्णय र गैर जिम्बेवार अभिव्यक्ती विरुध्द जसरी चोर औला र प्रतिबाद गर्ने गरेका छन! उन्को त्यो प्रस्तुत हुने शैलीले आफुलाइ राजनेतको कोटीमा उभ्याउन थेरापी गरिरहेकाछन!
डा. शेखर फरक रुपमा प्रस्तुत हुदै
अहिले देशमा भ्रष्टचार , संविधान मिच्ने र जबजस्ती गर्ने कार्य सरकारबाट भइरहेको छ! नेपाली काग्रेस पनि संविधान विपरीत आफुलाइ अगाडी बडाउदै गएको छ ! जस्तो कोशी प्रदेशको मुख्यमन्त्रीले मतदान प्रक्रियामा अवलम्बन गरेको शैली ! यसै सन्दर्भमा नेपाली काग्रेसको सभापतीको उम्मेदवार वन्दा चालिस प्रतिशत मत ल्याएर आफुलाइ सक्तिशाली वनाएका डा.शेखर कोइरालाले कोशी प्रदेसको मुख्यमन्त्री वन्दै गर्दा”शिर्ष नेताहरुले वलमिच्याइ गरे “यसो भन्दै गर्दा “
तिन दलका शिर्ष नेताहरु वालुवाटारमा वसेर संविधान मिच्ने काम गर्दै छन” उन्को यो अभिव्यक्तीलाइ काग्रेस भित्रैबाट पनि
केही व्याक्तीले “गलत भने”जस्ता विचार एक आपसमा गरेका पनि थिए त्यस्ता व्याक्ती दासता जी हजुरीमा आफुलाइ काग्रेस भित्र जीवित राखिरहन खोच्छन!
- डा.शेखर आफुलाइ फरक रुपमा प्रस्तु गर्दै भन्छनतीन शीर्ष नेताका सहमतिमा केही कुरा हट्ला तर जनता पनि छन् भन्ने बुझौं :
उनले हाम्रो सांसदको गरिमालाई कता लैजादैँछौं भन्दै शीर्ष नेतालाई प्रश्न गरेका छन्। ‘संसदमा कुनै माननीय सदस्यले कुनै शंकास्पद अनिमियता सम्बन्धी विषय उठाउने, दलका शीर्ष नेता बसेर त्यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सहमति गर्ने र संसद सचिवालयले सोही अनुरुप कार्य गर्ने ।’ सांसद कोइरालाले भनेका छन्,‘सांसदका हरेक अभिव्यक्ति तार्किक निष्कर्षमा पुग्नु पर्नेमा त्यसो गर्न नदिँदैमा विगतका अनिमियता कति दिन ढाक्न सकिएला र ? हामी हाम्रो सांसदको गरिमालाई कता लैजादैँछौं । के हाम्रो संसदले संविधानले दिएको अधिकार स्वतन्त्र रुपमा उपभोग पनि गर्न नपाउने हो ?’
संसदको सर्वोच्चतामा नै लोकतन्त्र र प्रजातन्त्र जीवित रहने कुरा हो !यसै कुरामा प्रतिबध्दता जाहेर डा. शेखरबाट भएको हो भन्ने बुज्नु पर्छ!
अहिले काग्रेस भित्र यो उचाइमा पुगेका डा .शेखर निर्भय रुपमा भय र कुनै डर नराखी उनले एक क्विन्टल सुन प्रकरणमा आफ्नो विचार दिदै टिप्पणी गर्न थालेका छन जस्तो की “
उनले राजस्व अनुसन्धान, सम्पत्ति शुद्धिकरण विभाग प्रधानमन्त्री माताहतमा राख्न नहुने भन्दा कांग्रेस सभापति शेरबहादुर देउवा, केपी शर्मा ओलीले नसुनेकाे बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि प्रधानमन्त्री कार्यालयमाताहतै राखेको उनले वताउदै अझ अगाडी भन्छन”प्रधानमन्त्री प्रचण्डका स्वकिय सचिव नवराज ढुगांनालाइ राजस्व अनुसन्धान को प्रमुख समेत वनाए!र यस्मा सि आइ बी संलग्न नहराइनु यो मैले संकेत मात्र गरेको हो बुज्नुस भनेका छन!
धरानमा अहिले भइरहेको घटना र निषेधाज्ञा प्रती यो जातिय द्वन्द मच्चाउने प्रधानमनत्री कै विचार र अभिव्यक्तीले प्रयास गरिरहेको भनेकाछन!
अध्यादेश मार्फत कानुन संशोधन गरि अदालतले दोषी ठहर्याएकालाई माफी दिने प्रयास गरिनु कानुनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास गर्नु हो।
आफू अनुकुलको राजनीतिक सहजताको लागि कानुनलाई बङ्ग्याउँने छुट कसैलाई छैन।
भोलि यसले गलत नजिर बस्न जान्छ।
डा .शेखरबाट यस्ता ओज पुर्ण अभिव्यक्तीले उ काग्रेस भित्र मात्रै हैन नेपाली राजनीतिमा भारी वन्दै गएका छन र त्यो भार ले अरुलाइ किच्दै गएको छ उन्को यो अरु भन्दा फरक रुपमा प्रस्तुत हुने शैलिले उन्को भविस्य उज्यालो देखिन्दै छ!