डिलाशैनी गाउँपालिका गाउँकार्यसमिति सभापतिमा जयराज जोशी निर्वाचित
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत डिलाशैनी गाउँपालिका गाउँकार्यसमिति सभापतिमा जयराज जोशी निर्वाचित भएका छन् । कृष्ण कुमार धामीलाई पराजित गर्दै जोशी सभापतिमा निर्वाचित भएका हुन्।
११५ मतदाता रहेकोमा ११३ मत खसेको थियो । ११३ मध्ये सभापतिमा निर्वाचित जोशीले ५५ मत र प्रतिद्धन्दी धामीले ४७ मत प्राप्त गरेका छन् । ११ मत बदर भएका छन् ।
यस्तै उपसभापतिमा शंकर बहादुर बिष्ट र राम नाथ सचिवमा शंकर दत्त पन्त र मदन नाथ ,सहसचिवमा दिला नाथ र बिक्रम कार्की निर्वाचित भएका छन्।
आफू सभापति भईसकेपछी गाउँपालिका भित्र रहेका पार्टी र संगठनका कमि कमजोरीहरु सुधार्दै जाने उनले बताएका छ्न । उनले सर्वप्रथम पार्टी भित्र रहेको गुटगत राजनीतिलाई हटाउन मुख्य भुमिका निभाउने बताएका छन्।
नेपाली काङ्ग्रेसका सबै नेता कार्यकर्ताहरु सङ्ग आफ्नो समान दृष्टिकोण रहने र आफ्नो जिम्मेवारी पूरा गर्ने जोशीले बाचा गरेका छ्न । उनले नेपाली काङ्ग्रेसका आम नेता कार्यकर्ताहरुलाई गुटगट राजनीतिका विरुद्ध लाग्न आग्रह समेत गरेका छ्न । गुटगत राजनितीले पार्टीलाई नै कमजोर बनाएर लैजाने उनको भनाई छ । उनले गाउँपालिका सभापतिमा मतदान गरि सहयोग गर्ने पार्टीका सम्पुर्ण सहयोगीहरुमा धन्यवाद ज्ञापन गर्दै आभार प्रकट गरेका छ्न।
उनले भने;”अबका दिनमा पनि काङ्ग्रेसको सिद्धान्त मुल मर्मलाई आत्मसात गरि पार्टी र संगठनलाई गाउँ गाउँ सम्म पुर्याई बलियो र सुदृढ काङ्ग्रेसको निर्माण गर्ने कार्य गर्ने छु।”


