३१ असार २०८३, बुधबार

डुडुवा गाउँपालिकाको आर्थिक वर्ष ०८२/ ८३ को नीति तथा कार्यक्रम , बजेट प्रस्तुत

एसीपी संवाददाता

१० असार २०८२, मंगलवार २२:०६ मा प्रकाशित

बाँके, असार १० -डुडुवा गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको आज बसेको १८औं गाउँसभाले दुई वटा विधियेक, नीति तथा कार्यक्रम र ५६ करोड १६ लाख ८ हजारको प्रस्तावित बजेट सार्वजनिक गरेको हो ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, बन तथा बातावरण, सूचना तथा सञ्चार, लघुउद्यम विकास कार्यक्रम, विकास निर्माण, संस्थागात विकास लगायतका क्षेत्रलाई समेटी नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

संघिय सशर्त अनुदान चालुतर्फ रु. २४ करोड २५ लाख, संघिय समपुरक अनुदानतर्फ रु. १ करोड, विशेष अनुदान (प्रदेश) तर्फ रु. १८ लाख, समपुरक अनुदान प्रदेशतर्फ रु. ७५ लाख, प्रदेश सशर्त अनुदान रु. १ करोड २० लाख र आन्तरिक आयतर्फ रु. ५ करोड ८७ लाख प्रस्तावित बजेट प्रस्तुत गरिएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x