तत्कालिन युवराज दिपेन्द्र शाहसंग प्रेममा रहेका कारण चर्चामा रहेकी देवयानी राणा फेरी एक पटक चर्चामा
तत्कालिन युवराज दिपेन्द्र शाहसंग प्रेममा रहेका कारण चर्चामा रहेकी देवयानी राणा फेरी एक पटक चर्चामा आएकी छन् । राजपरिवारको निधन पछि उनी भारतमै थिइन् । हालै उनलाई बहुराष्ट्रिय कम्पनी कोकाकोलाले उनी भारत तथा दक्षिण पश्चिम एसियाका लागि जनसम्पर्क, सञ्चार एवं दीगोविकास मामिला हेर्ने गरी उपाध्यक्षमा नियुक्त भएकी थिइन् ।
तर फेरी उनी अहिले भारतका १०० महत्वपूर्ण व्यावसायिक व्यक्तिको सूचीमा परेकी छन् । रेप्युटेशन टुडेले हालै सार्वजनिक गरेको १०० जना महत्वपूर्ण व्यक्तिको सूचीमा उनको नाम परेको हो । उक्त सूचीको ४६औं स्थानमा रहेकी उनी बहुराष्ट्रिय कम्पनी कोकाकोलासँग आबद्ध छिन् । ४७ वर्षीया देवयानी राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष पशुपति शम्शेर राणाकी छोरी हुन् ।

नेपालमा २०५८ जेठ १९ गते भएको दरबार घटना पनि उनी अचानक चर्चामा आएकी थिइन् । उनी र युवराज दिपेन्द्रबीच प्रेम रहेको र परिवारले प्रेम स्वीकार नगरेका कारण दरवार घटना भएको बताइएको छ । परिवारले प्रेम अस्वीकार गरेका कारण तत्कालिन युवराज दिपेन्द्रले परिवारका सबै सदस्य समाप्त हुने गरी घटना गराएको आधिकारिक प्रतिवेदनमा उल्लेख छ । तर सर्वसाधारणले सो कुरामा भने विश्वास गरेका छैनन् ।
लण्डन स्कुल अफ इकोनोमिक्सबाट स्नातकोत्तर गरेकी देवयानीसँग संयुक्त राष्ट्रसंघीय विकास नियोग लगायत विभिन्न संस्थामा काम गरिसकेकी छन् । दरवार घटना भएको ५ वर्षपछि मध्य प्रदेशको राजपरिवारका सदस्य ऐश्वर्य सिंहसँग विवाह गरेकी देवयानीका एक छोरा छन् ।


