कार्यक्रममा शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाले थारु संग्रहालय यस नगरको सांस्कृतिक पहिचान भएको बताउँदै यसको संरक्षण र विकासका लागि नगरपालिका सदैव प्रतिवद्ध रहेको बताउनु भयो ।
्
थारु समुदायको इतिहास र संस्कृति जगेर्ना गर्न संग्रहालयले महत्त्वपूर्ण योगदान पुर्याइरहेको बताउनु भयो ।
साधारणसभामा शिवराज नगरपालिका वडा नम्बर १ का अध्यक्ष खिम बिक्रम केसी, वडा नम्बर ३ का अध्यक्ष राम बहादुर चौधरी, पत्रकार सनिउल्ला धोवी, र एकीकृत सुरही सामुदायिक वनका अध्यक्ष फानेश्वर न्यौपानेले कार्यक्रमलाई शुभकामना मन्तव्य दिनुभएको थियो ।
थारु संग्रहालय संरक्षण समिति अध्यक्ष प्रकाश थारुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा समितिका उपाध्यक्ष हरि प्रसाद चौधरीले स्वागत मन्तव्य, सचीव रामनरेश चौधरीको सञ्चालन कार्यक्रम सप्पन्न भएको थियो ।
यसै अवसरमा संग्रहालयको प्रवर्धनका लागि टिसर्ट बिमोचन समेत गरिएको थियो । nepalcentralnepal