१३ असार २०८३, शनिबार

दुईजना संक्रमितको मृत्यु

एसीपी संवाददाता

२९ भाद्र २०७७, सोमबार ०५:५८ मा प्रकाशित

फाइल तस्बिर

रुपन्देहीमा कोभिड अस्पतालमा उपचाररत दुईजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पताल बुटवल र भीम अस्पताल भैरहवामा उपचार गराइरहेका कपिलवस्तु शिवराज नगरपालिका ५ का दुईजनाको मृत्यु भएको अस्पतालले जनाएका छन्।

भीम अस्पतालमा उपचाररत शिवराज ५ का ५८ वर्षीय पुरुष हुन् भने बुटवलमा उपचार गराइरहेकी शिवराज ५ कै ४७ वर्षीया महिला हुन्। भीम अस्पतालमा उपचार गराइरहेका पुरुष बुटवलको बेलवासमा बस्दै आएका थिए।

यही भदौ २३ गते स्वास्थ्यमा समस्या देखिएर भीम अस्पतालको आइसोलेशनमा उपचारका लागि भर्ना भएका उनको स्वास्थ्य गम्भीर बन्दै गएपछि उनलाई ३ दिनअघि आइसीयूमा राखेर उपचार जारी थियो। दमको समस्या देखिएका उनको राती १०ः२६ बजे मृत्यु भएको भीम अस्पतालका सूचना अधिकारी डा नारायण पोख्रेलले जानकारी दिनुभयो।

यस्तै कपिलवस्तु शिवराज नगरपालिका वडा नं ५ की ४७ वर्षीया महिलाको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा सोमबार बिहान साढे ४ बजे मृत्यु भएको अस्पतालका कोरोना फोकलपर्सन डा सुदर्शन थापाले जानकारी दिनुभयो ।भदौ २१ गते कोरोना संक्रमण पुष्टि भएर अस्पतालमा उपचाररत् उनका दुवै मिर्गौलामा समस्या थियो। उनले डायालिसिस् गराउँदै आएकी थिइन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x