२८ आश्विन २०८३, बुधबार

दुई केजी युरेनियमसहित ४ जनालाई पक्राउ

एसीपी संवाददाता

२८ फाल्गुन २०७७, शुक्रबार १३:११ मा प्रकाशित

प्रहरीले करिव दुई केजी युरेनियमसहित ४ जनालाई पक्राउ गरेको छ ।

बिहीबार काठमाडौंको बौद्ध क्षेत्रबाट ४ जनालाई युरेनियमसहित बरामद गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।

युरेनियमसहित पक्राउ पर्नेहरुमा रामेछापका ४० वर्षीय नारायणसिंह तामाङ, लिखु तामाकोशी गाउँपालिकाकी ४० वर्षीया जानुका तामाङ, रामेछापकै २० वर्षीया प्रकाश चौहान र सिन्धुलीका २० वर्षीय मनोज न्यौपाने रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई अहिले ५ दिनको म्याद लिएर काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको पनि प्रहरीले बताएको छ । बरामद भएको बस्तु युरेनियम नै भएको कुरा खुमलटारस्थित नास्टको प्रयोगशालाबाट प्रमाणित भएको प्रमुख एआईजी हरिबहादुर पालले जानकारी दिनुभयो ।

बरामद गरिएको युरेनियम–२३५ भएको उहाले बताउनुभयो । पक्राउ पर्नेहरुविरुद्ध विस्फोटक पदार्थ ऐन २०१८ बमोजिम छानबिन र अनुसन्धान अघि बढाइने पनि पालले बताउनुभयो ।

यति ठूलो परिमाणमा युरेनियम कहाबाट आयोभन्नेबारे अनुसन्धान थालिएको प्रहरीले बताएको छ । यति धेरै परिणाममा नेपालमा युरेनियम बरामद भएको पहिलो पटक भएको प्रहरीले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x