१८ आश्विन २०८३, आईतवार

दोस्रो टी–२० मा पाहुना टोली श्रीलङ्का ७ विकेटले पराजित

एसीपी संवाददाता

१५ फाल्गुन २०७८, आईतवार ०२:३६ मा प्रकाशित

भारतले दोस्रो टी–२० मा पाहुना टोली श्रीलङ्कालाई ७ विकेटले हराएको छ ।

गएराति भएको खेलमा श्रीलङ्कालाई ७ विकेटले हराउँदै घरेलु टोली भारतले तीन खेलको श्रृङ्खला एक खेल अगाडि नै जितेको छ । श्रीलङ्काले दिएको १ सय ८४ रनको लक्ष्य भारतले १७ ओभर १ बलमा तीन विकेट गुमाएर भेट्टायो । भारतका लागि श्रेयस ऐरले अविजित ७४ रनको अर्धशतकीय पारी खेले । त्यस्तै रविन्द्र जडेजा ४५ रनमा अविजित रहे ।

श्रीलङ्काका लाहिरु कुमाराले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको श्रीलङ्काले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो । श्रीलङ्काका पाथुम निशान्काले ७५ रनको अर्धशतकीय पारी खेले । डसुन सनकाले अविजित ४७ रन जोडे । भारतका भुवनेश्वर कुमार, जस्प्रित बुमराह, हर्षल पटेल, युजभेन्द्र चाहल, रविन्द्र जडेजाले एकरएक विकेट लिए ।

पहिलो खेलमा भारत ६२ रनले विजयी भएको थियो । दुई देशबीचको तेस्रो तथा अन्तिम टी–२० आज हुनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x