१४ मंसिर २०८३, आईतवार

धेरै दिन देखि फेसबुकमा लेख्न मन लागेन – जेपि

एसीपी संवाददाता

७ भाद्र २०८०, बिहीबार ०५:१५ मा प्रकाशित

धेरै दिन देखि फेसबुकमा लेख्न मन लागेन।
बिगत दुई तीन महिना देखि ललिता निवासको जग्गा हडप काण्ड, नक्कली शरणार्थी प्रकरण देखि सय केजी सुन प्रकरणले उघारेको व्यापक मात्राको सुन तस्करी चर्चामा रह्यो। सत्रह बर्ष अघिको गौर काण्डले पनि चर्चालाई हौस्यायो।

यी सब प्रकरणको कडाईका साथ छानबिन गरिने प्रम प्रचण्डको सार्वजनिक तथा बारम्वारको प्रतिबद्धताले उनको यस पटकको प्रधानमंत्रीत्व कालजयी हुने लागेको थियो। गृहमंत्रीको रूपमा नारायणकाजी श्रेष्ठको दृढ भुमिकाले उनि मौका नपाएका, मौका पाए गर्न सक्ने हुतिवालको रूपमा गाउँघर तिरपनि चर्चा कमाउन थालेका थिए। प्रहरी महानिरीक्षक तथा जिम्मेवार पुलिस अधिकृतहरूको हैसियत बढेको थियो।

निराश तथा उमिद हराएका मानिसहरू यस तर्फ ध्यान नै दिन छाडे की पुरानो गृहमंत्री बालकृष्ण खाण, शुन्यबाट अरबपति बनेका मीन बहादुर गुरूंग तथा आफ्नो मुलुक भुटानमा एक दशक भन्दा बढी नारकीय जेल यातना बिताएर शरणार्थीको हैसियतले नेपाल बसेका टेकनाथ रिजालहरू; के यस्तो कुकृत्य गर्न सक्छन् र? आम जनताले यी अभियुक्त बनाएकाको प्रति कुनै शंकाको सुबिधा दिन चाहेन। “राज्यले अपरोधी हो भनेपछि अपराधी नै हो” भनेर आजित जनताले पत्याए।

यी सब प्रकरणमा नेपाली काँग्रेसको मुलधारको मौनता र एमालेको भ्रष्टाचारको पक्षपोषण गरेको जस्तो देखिने भुमिकाले आम मानिसको दिल दुखाएको लाग्थ्यो। काँग्रेस र एमाले सर्वसाधारण जनताको अपेक्षाको बिपरित गएको तथा एक्लिएको लाग्दथ्यो।

पूर्व प्रमहरू माधवकुमार नेपाल र बाबुराम भट्टराई उपर पनि छानबिन हुनुपर्ने बाटो खोलिदिएर अदालत पनि आफुलाई “परिवर्तित भएको” देखायो। भ्रष्टाचारको छानबिनको सन्दर्भमा अदालतको यो छलांग “भ्यागुतो उफ्र्याई” थियो।

सर्वाधिक पटक प्रम भएकाको पत्नीका बारेको चर्चा, एक पूर्वगृह मंत्री र प्रम कै पार्टीका एक शक्तिशाली नेताका पुत्रको संलग्नताका प्रमाणहरू, एमालेका अर्का मुर्धन्य नेताका पुत्रका उपर तेर्सिएको अनुसंधानको सुई तथा यस्तै साक्ष्य एवं प्रमाणहरूले यस भुमीलाई नै श्रापित देखायो। को चोखो र बाँकी छ त यस मुलुकमा ? यस्तो आम सोच बन्न गयो।

तर, कति सहज तरिकाले आकाश भर फैलिएको धुलो शान्त भयो। “डस्ट सेटल” भयो। अब त सबै तिर यस्तै सुनिदैछ कि अब केही रहेन। सब मिल्यो। मुख्य दलहरूले आरामका साथ सबै मिलाए। अख्तियारका प्रमुखले पनि राहत पाए। पूर्व प्रमहरू, उनिहरूका एकाघरका आफन्तहरू, एमालेका नेताहरू एवं उनिहरूका परिजनहरू सबै मुक्त हुनेभए।

प्रहरी अनुसंधानको क्रममा गोपनीयताको अभेद्य उपायहरू अपनाएर लिईएका वयानहरू प्रहरीहरूले नै सूचना चुहाउथे। प्रहरीले आफ्ना प्रिय पत्रिकाहरूलाई पछिको कारबाहीका बारेमा जसरी सूचनाहरू चुहाउथे-अहिले ठिक तेसै गरी स्वयं प्रहरीहरूले नै जनमत बनाउन थालेका छन् कि “अब यति नै हो अनुसंधान” । अब अगाडी बढदैन।

चाहे आफ्ना पार्टी कै ठुला भन्दा ठुला मानिस नै किन नहोऊन्-कसैलाई बाँकी राखिन्न्! यसरी बनेको जनमत अब “जे हुनु थियो भयो। अब सब मिल्यो। कुरो अब अगाडी बढदैन। यो निष्कर्ष अब आम निष्कर्ष हुन लागेको छ।

कति सामर्थ्यवान रहेछन् नेपालका नेताहरू ! अनि जनता ?

कोही परे वा कोही पारिए। जसले मिलाउन सके ति अपराधी भएपनि भाग्यमानी भए, अपराधको कालो टिको मेटे। तर, जो निरपराध रहेपनि राज्यको चक्रव्यूहमा फसे तिनी अभागी भए। अपराधी बनाईए। सदाका लागि अपराधी बनाईए। राज्य ज-जस्को पछाडी लाग्यो। यस मध्ये जो संग शक्ति थियो, पैसा थियो, तिनले अनुसंधान कै बखत मिलाए। ती अकण्टक रहें, ति सिकन्दर नै भए। तर थोरै यस्ता पनि भए, जस्का बिरूद्ध राज्य लागे तिनीहरूले मिलाउन सकेनन्। पैसा र न्याय दुबैले काम गरेन। तिनीहरू न सकेकै हो । यो पक्का हो। यस्ताका पक्षमा अदालत पनि निरीह रहे। अदालत आफु लोकप्रिय हुन पनि फसाईएकाको लागि बधशाला मात्र भयो। यो भएकै हो। दर्जनौं यसका उदाहरण छन्। चाहनेले खोजे हुन्छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x