३ आश्विन २०८३, शनिबार

नफुटे सम्म कुनै समुहसङ सम्झौता नगर्ने – काङ्ग्रेस

एसीपी संवाददाता

१४ फाल्गुन २०७७, शुक्रबार ०६:२८ मा प्रकाशित

प्रमुख विपक्षी नेपाली कांग्रेसले नेकपा औपचारिक रुपमै विभाजन नभएसम्म कुनै पनि पक्षसंग सहकार्य नगर्ने निष्कर्ष निकालेको छ ।

कांग्रेस सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको बिहबिार कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले नेकपा आधिकारीक रुपमा एक रहेकाले तत्काल कुनै पनि पक्षले गरेको प्रस्तावका बारेमा निर्णय गर्ने बेला अहिले नभएको निष्कर्ष निकालेको हो ।

केपी ओली नेतृत्वको सरकार परिवर्तन गर्ने वा निरन्तरता दिने भन्ने विषय सत्तारुढ नेकपाकै हातमा रहेको भन्दै अहिले कुनै निष्कर्ष निकाल्नु हतारो हुने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।

उहाले बिकसित राजनीतिक घटनाक्रमको समिक्षा गरिरहेको बताउनुभयो । उहाले संसदमा अविश्वास प्रस्ताव आयो भने सोहि समयमा नै छलफल हुने जानकारी दिनुभयो ।

त्यस्तै कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि नेकपा विभाजनको स्थिति प्रष्ट भइनसकेको अवस्थामा कांग्रेसले सरकारका बारेमा निर्णय गर्नु हत्तारो हुने बताउनुभयो । संसदमा विषय आयो भने त्यहिँ कांग्रेसले आफ्नो पोजिसन प्रष्ट पार्ने उहाको भनाई छ । पौडेलले आफैंले भंग गरेको प्रतिनिधिसभा पुनःस्थापना भइसकेको अवस्थामा प्रधानमन्त्री संसदमा जान नैतिकताले नदिने उल्लेख गर्नुभयो ।

नेकपा कानुनी रुपमा विभाजित भइनसकेकाले कांग्रेसले थप निर्णय गर्न आवश्यक नरहेको पनि जनाएको छ । यसअघि प्रचण्ड–माधव पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले बुधबार देउवालाई भेटेर सत्ता साझेदारीको प्रस्ताव राख्नुभएको थियो । प्रतिनिधिसभामा कांग्रेसका ६१ सांसद छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x