१४ मंसिर २०८३, आईतवार

नर बहादुर बिष्ट जितको संघारमा

एसीपी संवाददाता

१९ बैशाख २०७९, सोमबार ०१:१६ मा प्रकाशित

नेपालगन्ज बैशाख १८
नेपालगन्ज उपमहानरपालिका वडा नम्बर १० मा नेपाली कांग्रेसका तर्फबाट वडाअध्यक्ष पदका उम्मेदवार नर बहादुर बिष्टको चुनावी गतिविधि तिव्र भएको छ । यसअघि नेपालगन्ज उपमहानगरपालिकाको वडासदस्यमा निर्वाचित भएर ५ बर्षको कार्यकाल पूरा गरिसक्नु भएका बिष्टको चुनावी माहोल तात्तिएको गएको छ । अनुभवी तथा क्षमतावान भएकाले मतादाताले पनि जितको शुभकामना दिएका छन् । यसै सन्दर्भमा बिष्टसँग गरिएको संक्षिप्त कुराकानी
१ .तपाईको उम्मेदवारी किन ?
वडा नम्बर १० को शिक्षा ,स्वास्थ्य र पूर्वाधारको विकास गर्नका लागि मेरो उम्मेदवारी आवश्यक छ । यसभन्दा पहिला वडासदस्यमा रहेर काम गर्दै गर्दा अधुरा रहेका कामहरुलाई पूर्णता दिने मेरो प्रतिबद्धता रहेको छ । स्थानियको आवश्यकता पूर्ति गर्नकालागि मेरो आवश्यकता वडा नम्बर १० मा रहेको छ ।
२ . वडा नम्बर १० को विकासको सम्भावना के रहेको छ ?
वडा नम्बर १० मा प्रचुर मात्रामा शिक्षा र स्वास्थ्यको सम्भावना रहेको छ । औद्योगिक क्षेत्र पनि यही भएकाले रोजगारीको पनि राम्रो सम्भावना रहेको छ । सडक पुर्वाधारको पनि विकास हुदै गएको छ । जसले गर्दा यहाँको विकासका ढोकाहरु खुलाउन सकिन्छ ।
३ .तपाई प्रति मतदाताको अपेक्षा के छ ?
जनताको पहिलो प्राथमिकता बाटो र नाली रहेको  । सबै ठाउँमा व्यक्तीको व्यवस्था हुनुपर्छ भन्ने कुरामा आम मतादाताहरुले माग गरेका छन् । सबै स्थानमा खानेपानी नपुगेकाले मतादाताहरुले खानेपानीको व्यवस्था हुनुपर्ने माग राखेका छन् । यसका साथै शिक्षा र स्वास्थ्यमा सहज पहुँचको पनि मतदाताले माग गरेका छन् ।
निर्वाचित भएपछि मैले जनताको आवश्यकता अनुसार प्राथमिकता दिएर काम गर्ने छु । यसका साथै सामाजिक ,सांस्कृति तथा आर्थिक क्षेत्र सुधारका लागि मेरो प्रयास रहने छ । म यसमा प्रतिबद्ध छु ।
४ .चुनावी उत्साह कस्तो छ ?
जनताले दिएको साथ र समर्थनले मनमा उत्साह थपिएको छ । ५ बर्षको अन्तरालमा जुन किसिमको मैले काम गर्न सके त्यसले मलाई पनि अझै राम्रो गर्न सक्छु भन्ने प्रेरणा दिएको छ । बिक्रम संवत २०२६ सालदेखि राजनीतिमा प्रवेश गरे । जतिबेला म कक्षा ६ मा पढ्ने गर्थे । २०४० सालमा एस.एल.सी पास भएर अध्ययनको लागि विक्रम संवत् २०४१ सालमा नेपालगन्ज आए । त्यसपछि विक्रम संवत् २०४३ सालसम्म नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा नेविसंघबाट राजनीति सुरु गरे । मैले आइ एल सम्मको अध्ययन गरेको छु । त्यसपछि २५ बर्ष नेपाल प्रहरीमा सरकारी जागिर गरे । पछि बिक्रम संवत् २०७० देखि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा प्रवेश गरे । त्यसपछि म वडा नागरिक मंच लगायतका समुहहरुमा नेतृत्व दिदै अगाडि बढे । अहिले नेपाली कांग्रेसको क्षेत्रीय सदस्यका रुपमा पनि परिचित छु । विक्रम संवत २०४० देखि मेरो बसोबास नेपालगन्जमै रहेको छ । मेरो यो उत्साहलाई मतदाताले पुर्ण गरिदिनेमा म ढुक्क छु ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x