१४ मंसिर २०८३, आईतवार

नाकाबन्दी पछिको पहिलो छलफल

एसीपी संवाददाता

१६ श्रावण २०८०, मंगलवार २३:१० मा प्रकाशित

हुम्ला — कोरोना महामारीका कारण बन्द रहेको हिल्सा नाका खुल्नासाथ चीनको स्वशासित क्षेत्र तिब्बतको पुराङ काउन्टीका अधिकारी र हुम्ला जिल्लाका सरकारी अधिकारीबीच सीमा वार्ता भएको छ ।

गत मंगलबार पुराङ काउन्टीको ताक्लाकोटमा दुई पक्षीय वार्ता भएको हो । हुम्लाका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल र चीनको तर्फबाट पुराङ काउन्टीका अध्यागमन प्रमुख पुझेङ जीङको नेतृत्वमा नेपाल–चीन सीमा सुरक्षा संयन्त्रको बैठक बसेको हो ।

कोभिड संक्रमणका कारण ४ वर्षपछि नेपाल र चीनका अधिकारीबीच सीमा वार्ता भएको हो । कोभिड संक्रमण फैलिएसँगै चीनसँग सीमा जोडिएका सबै नाका बन्द गरिएको थियो ।

बीचबीचमा सामान पठाउन केही समय आंशिक रुपमा खोल्ने र बन्द गर्ने हुँदै आएकोमा गत वैशाख १८ गतेबाट भने हिल्सा नाका पूर्ण रुपमा सञ्चालनमा आएको थियो । सीमा क्षेत्रमा हुनसक्ने अवाञ्छित गतिविधि, सीमा सुरक्षा, व्यापारमा सहजता र सीमापासले कैलाश मानसरोवर दर्शन गर्न पाउनु पर्ने विषयमा चिनियाँ पक्षसँग छलफल भएको प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x