२९ आश्विन २०८३, बिहीबार

निर्वाचन आयोगको भूमिकाप्रति शंका व्यक्त

एसीपी संवाददाता

८ फाल्गुन २०७७, शनिबार ०३:०६ मा प्रकाशित

प्रधानमन्त्री केपी ओलीले सरकारले घोषणा गरेको निर्वाचनको तयारीमा निर्वाचन आयोगको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
७१ औ प्रजातन्त्र दिवसका अवसरमा पर्यटन मन्त्रालय र प्रज्ञा प्रतिष्ठानले संयुक्त रुपमा काठमाडौमा गरेको साहित्यीक तथा सांस्कृतिक कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्वाचनको मिति नजिकिर्दै गर्दा पनि आयोगले अहिलेसम्म कार्यतालिका समेत प्रकाशित गर्न नसकेको भन्दै आयोगले सन्तोषजनक तयारी गर्न नसकेको बताउनुभएको हो । उहाले पुष ५ गते निर्वाचन घोषणा गरेपछि पुष ६ गते नै आयोगका पदाधिकारीलाई निर्वाचनको तयारी गर्न भनेपनि निर्वाचनको सोचेजस्तो तयारी हुन नसकेको बताउनुभयो । जनताले निर्वाचनको तयारी गरेको थाहा नपाएको भन्दै उहाले समयमा नै निर्वाचन गर्नेगरि तयारीमा जुट्न आयोगको ध्यानाकर्षण गर्नुभयो ।
उहाले देश ताजा जनादेशका लागि निर्वाचनमा जान लागेको भन्दै कुनै पनि षडयन्त्रले निर्वाचनलाई रोक्न नसक्ने स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री ओलीले केहि तत्वले मुलुकलाई अस्थीरताको चक्रव्युहमा पार्न खोजेको भन्दै गम्भीर हुनुपर्ने बेला आएको धारणा राख्नुभयो । उहाले अग्रगामी सोचका साथ काम गरिरहेको सरकारलाई रुमल्ने प्रयासलाई आफुले प्ररास्त गरेको बताउनुभयो ।
ताजा जनादेशमा जाने निर्णयले संविधान नमिचिएको र लोकतन्त्र पनि खतरामा नपरेको उहाको भनाई छ । नेकपाका अध्यक्ष समेत रहेका ओलीले प्रचण्ड–नेपाल पक्षले पार्टी फुटाएको घोषणा गरेको भन्दै उहाले आफु झगडियाको बीचमा नपर्ने उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले मुलुकलाई एकसुत्रमा बाध्ने र लोकतन्त्रलाई सुदृढ बनाउने अभियानमा आफु अघि बढ्ने जिकिर गर्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले कविता तथा निवन्ध प्रतियोगिताका बिजयीहरुलाई पुरस्कृत गर्नुभएको थियो भने बिभिन्न सास्कृतिक पहिचान झल्कने नाँच प्रदर्शन गरिएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x