निवर्तमान प्रदेश प्रमुख अहिराजद्धारा भेटघाट तथा सहयोग
नेपालगन्ज असार । मधेश प्रदेशका निवर्तमान प्रदेश प्रमुख डा राजेश
अहिराजले सामाजिक सेवा अन्र्तगत खाद्यान्न तथा शैक्षिक सामाग्री सहयोग
गर्नुभएको छ । पश्चिम भ्रमणमा रहनु भएका निर्वतमान प्रदेश प्रमुख
अहिराजले भेरी अस्पताल परिसरमा संचालित अञ्जनी माता रसोई घर, निल सागर
बृद्धाश्रम र डुुडुवा गाउँपालिका २ जाफरपुर्वास्थित मदरसामा खाद्यान्न र
शैक्षिक सामाग्री वितरण गरिएको हो ।
अञ्जनी माता रसोई घरमा सामुहिक भोजन गरिएको थियो । कार्यक्रममा
ग्रिन नेपालगन्ज क्लिन नेपालका अभियन्ता डा विनोद कर्ण, भेरी अस्पतालका
डा आर के झा, बर्दियाका नागरिक अभियन्ता कमलदेव पौडेल, अञ्जनी माता
रसोइका संचालक जितेन्द्र ठाकुर, विजय गप्ता, सूचना र मानव अधिकार
अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारी, ज्येष्ठ नागरिक सञ्जालका
कृष्णमुरारी प्रसाद भटट लगायतको सहभागिता रहेको थियो ।
त्यसक्रममा रसोई घरको परिकल्पना, भोजनको व्यवस्थापन लगायतका
बारेमा जानकारी गराइएको थियो । यसैगरि नागरिक समाजका अगुवाहरुसंग
छलफल गरिएको थियो । छलफलका क्रममा राज्य पुर्नसंरचनापछिको
संयन्त्रको काम कारवाही प्रक्रिया, सेवाग्राहीका समस्या नागरिक अभियान
लगायतका विषयमा छलफल गरिएको थियो ।
निवर्तमान प्रदेश प्रमुख अहिराजले बाँकेको बाढी प्रभावित तथा सिमा क्षेत्रको
समेत अवलोकन गरि स्थानीयसंग भेटघाट गर्नुभएको छ । त्यसक्रममा
स्थानीयहरुले बाढीको समस्या तथा सिमा क्षेत्रमा उत्पन्न समस्याको बारेमा
जानकारी गराउदै पहलका लागि आग्रह समेत गरेका थिए ।



