१३ कार्तिक २०८३, बिहीबार

नेकपा ( माधव – प्रचण्ड ) समुहको बिरोध सभामा पुर्ब माओवादीहरु हावी एमाले समुहको पत्ता साफ

एसीपी संवाददाता

२९ माघ २०७७, बिहीबार ०५:११ मा प्रकाशित

पूर्वमाओवादीबाट अध्यक्ष प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्यद्वय जनार्दन शर्मा र देवप्रसाद गुरुङ, केन्द्रीय सदस्यहरू रामचन्द्र झा, अञ्‍जना बिशंखे, जयपुरी घर्तीमगर, सन्तकुमार चौधरी, महफुज अन्सारीलगायतले सम्बोधन गर्दा माधव नेपाल समुह हुरी आएको पात उडे झै जस्तो भएको महसुस भए

काठमाडौं-  पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपाले आयोजना गरेको विरोधमसभामा पूर्वमाओवादी समूह हावी हुन थालेको छ।  काठमाडौंमा आयोजना भएको विरोधसभामा पूर्वएमालेको भन्दा बढी वक्ता राखेर पूर्वमाओवादी समूहको राखेर पार्टीमा एकाधिकार जमाउने प्रयास भएको देखिएको छ।

आजको विरोधसभामा प्रमुख वक्ता रूपमा अध्यक्ष प्रचण्ड, सञ्‍चालक स्थायी कमिटी सदस्य लिलामणी पोखरेल र सभापति हितवबहादुर तामाङ थिए। पूर्वमाओवादी समूहका नेताहरू अग्रस्थानमा देखिन्दा पूर्वएमालेका नेता तथा आन्दोलन परिचालन समितिका सहस‌ंयोजक योगेस भट्टराई मञ्‍चमै देखिएनन्।

पार्टीको बैठकको सहमतिअनुसार आजको कार्यक्रमका मुख्य वक्ता अध्यक्ष माधव नेपाल हुनु पर्ने थियो। तर कार्यक्रम सञ्‍चालक लिलामणी पोखरेलले अध्यक्ष प्रचण्डलाई मुख्य वक्ता भनेपछि खैलावैला भएको थियो। एकैछिनमा पोखरेलले माफी मागेका थिए। यो विषयले पनि पूर्वमाओवादी समूह हाबी भएको स‍ंकेत गरेको हो।

त्यसो त वक्ताको रूपमा मञ्‍चमा पूर्वमाओवादीहरु हावी भएका छन। पूर्वमाओवादी समूहबाट ११ जनाले बोल्ने अवसर पाउँदा पूर्वएमालेको भागमा पाँच जना मात्र परेको थियो। पूर्वएमालेबाट अध्यक्ष माधवकुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल, स्थायी कमिटी सदस्य रघुजी पन्त, केन्द्रीय सदस्य रामकुमारी झाक्री र जीवनराम श्रेष्ठले मात्रै बोल्न पाए।

पूर्वमाओवादीबाट अध्यक्ष प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्यद्वय जनार्दन शर्मा र देवप्रसाद गुरुङ, केन्द्रीय सदस्यहरू रामचन्द्र झा, अञ्‍जना बिशंखे, जयपुरी घर्तीमगर, सन्तकुमार चौधरी, महफुज अन्सारीलगायतले बोले।

गत माघ ९ गतेको आमसभामा कार्यक्रमको तालिका बिगारेको भन्दै असहमति जनाएका प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्तव्य राखेनन्। आन्दोलन परिचालन समितिका स‌ंयोजक श्रेष्ठले नेतृत्वसँग मञ्‍चमै झगडा गरेका थिए। नेताहरूको झगडा देखेपछि आन्दोलन परिचालन समितिका सहस‌ंयोजक योगेस भट्टराई कार्यक्रमको विचमै मञ्‍च छोडेर हिडेका थिए। त्यो कार्यक्रममा पूर्वएमालेको समूह हाबी भएको भनेर पूर्व माओवादी समूह रूष्ट भएका थिए। यो समाचार परिवेशखबरबाट लिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x