२९ आश्विन २०८३, बिहीबार

नेपालगञ्जमा आत्मसुरक्षा तालिम शुरु

एसीपी संवाददाता

२१ फाल्गुन २०७७, शुक्रबार १६:४६ मा प्रकाशित

महिला तथा किशोरीहरुका लागि तीन दिने आत्मसुरक्षा तालिम शुक्रबारबाट नेपालगञ्जमा शुरु भएको छ । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपालगञ्ज उपमहानगरपालिका मुल समरोह समितिको आयोजनामा महिलाहरुका लागि तीन दिने तालिम शुक्रबारबाट शुरु गरिएको हो ।

तालिमको उद्घाटन शत्रमा बोल्दै बरिष्ठ प्रहरी उपरिक्षक किरण रााणाले शारीरीक र मांसिक रुपमा सक्रिय हुनुले महिलाहरुलाई आत्मसुरक्षामा सहयोग पुग्ने बताउनुभयो । उहाँले आफ्नो किशोरी तथा महिलाहरु यस सृष्टिको सबैभन्दा बलवान व्यक्ति भएकाले आफुलाई कहिल्यै पनि पुरुषभन्दा कमजोर नठान्न सहभागिहरुलाई अनुरोध गर्नुभयो ।

महिलाहरु यस सृष्टिका अमूल्य शक्ति हुन, बरिष्ठ प्रहरी उपरिक्षक राणाले भन्नुभयो, जुन शक्ति र क्षमता महिलालाई सृष्टिले दिएको छ, त्यो अरु कसैलाई पनि दिएको छैन, यसर्थ आफ्नो मनोबल जहिले पनि उच्च राख्नुपर्छ । तालिमले खासगरी बिधि प्रक्रिया सिकाउने भए भनि त्यसलाई आवश्यकता परेको समयमा उपयोग गर्न भने आत्म बल र मानसिक तयारीले मात्र गर्न सकिन्छ । त्यस कारण जतिबेला पनि प्रतिरक्षाका लागि सक्रिय रहन आग्रह गर्नुभयो ।उद्घाटनमा बोल्दै नेपालगञ्जकी उपमयेर उमा थापा मगरले महिला तथा किशोरीलाई आत्मसुरक्षा तालिमले आफ्नो सुरक्षाका लागि प्रतिरक्षा गर्न सिकाउने आशा व्यक्त गर्नुभयो । उहाँले राज्यले महिलालाई सुरक्षा, समाबेशीता, सहभागिताको हिसाबले धेरै व्यवस्था गरेको भएपनि तपाई हामी स्वयको अनसक्षमताले कार्यान्वन गर्न नसकिने भएको हुँदा हाम्रो सक्षमता आवश्यक रहेको बताउनुभयो ।

यो समाजले पनि महिला तिमि कमजोर हौ, तिमि कसैको इसारमा चल्नुपर्छ भन्ने सोंच हालिदिएको छ । उपमेयर थापाले भन्नुभयो, यही सोंचकै कारण महिलाले आफुलाई कमजोर ठान्ने अवस्था छ । यही कमजोरीपनका कारण महिलामाथिको हिंसा, हत्या, बलात्कार जस्ता अपराध भएका छन् । यो यस्ता सोंचलाई कम गर्दै हाम्रो आत्मबल बढाउने यो कार्यक्रमको उद्देश्य छ ।कार्यक्रममा गैरसरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह, नेपालगञ्ज उपमहानगरपालिका महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख महिला बिकास अधिकृत शोभा शाह, इन्प्रोकका अध्यक्ष तेज बिक्रम शाह, स्वास्थ्य तथा शिक्षा बिकास केन्द्रका उपाध्यक्ष गणेश प्रसाद भटराई लगायतको उपस्थितिमा तालिमको शुभारम्भ कार्यक्रमलाई महिला तथा बालबालिका शाखा अधिकृत मञ्जु पाण्डेले संचालन गर्नुभएको थियो ।

शुक्रबारदेखि शुरु भएको आत्मसुरक्षा तालिम २३ गतेसम्म संचालन हुनेछ । सहभागिहरुको सहजताका लागि पहिलो सिफ्ट बिहान ७ देखि १० बजेसम्म र दोस्रो सफ्टि २ देखि ५ बजेसम्म संचालन गरिएको हो । महिलाको सुरक्षा, सम्मान र रोजगार ः समृद्ध नेपालको आधार भन्ने राष्ट्रिय नाराका साथ यही मार्च ८ का दिन परेको महिला दिवस मनाउन नेपालगञ्जमा खुल्ला वक्तृत्वकला प्रतियोगिता, आत्मसुरक्षा तालिम, फुटसल प्रतियोगिता, र्याली तथा व्यानर प्रदर्शन र दिप प्रज्वलनका कार्यक्रम तय गरिएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x