नेपालगन्ज उपमहानगरपालिका ४ को अध्यक्षमा कांग्रेसबाट प्रदीप शाह चुनावमा होमिदै
नेपालगन्ज : स्थानीय तह निर्वाचनको मिति नजिकिदै गर्दा नेपालगन्ज वाड नं ४ मा चुनावी माहोल रोमाञ्चित बन्दै गएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको केन्द्र रहेको वडा नम्बर ४ मा राप्रपा,राप्रपा नेपाल,एमाले, माओवादी, कांग्रेस र समाजबादी समेतले आफ्नो उमेदवार उठाउने तरखर गरिरहेको बेला कांग्रेसबाट ४ को अध्यक्षमा प्रदीप शाह अगाडी आएका छन् । नेपालगन्ज वडा नम्बर ४ कांग्रेस पार्टीको राम्रै अवस्था रहेको वडाको रुपमा चिनिन्छ ।
नेपालगन्ज वाड नं ४ को वडावासीहरु समुदायमा पकड राख्ने शाह चुनावी माहोलमा आएको चर्चा संगै धेरैको मत आकलन र भोटको हिसाबकिताब खलबलिएको छ । नेपालगन्ज वडा नम्बर ४ मा जितको लागी स्थानीयहरु को भोट निर्णायक हुने गर्छ ।
नेपालगन्ज वडा नम्बर ४ का स्थानीय शाहको राम्रो पकड मानिने गर्छ ।जसले गर्दा अन्य पार्टीको जुनसुकै उमेदवार उठेको खण्डमा पनि समुदायको तर्फबाट एकतर्फी भोट आउने वा दुई वा त्यो भन्दा शाह उमेदवार भएको अवस्थामा मात्रै मत बाडिने स्थानीय बताउछन् ।


