नेपालगन्ज उमहानगरपालिका वाडा नं ८ का अध्यक्ष माथि हातपात
श्याम कुमार साहू – नेपालगन्ज वार्ड नं ८ का अध्यक्ष सुरेन्द्र गुप्ता वैश्य माथि स्थानीयले हातपात गरेका हुन । बाँके वाड नं ८ र ११ स्थित शिव मन्दिर उपभोक्ता समितिद्वारा निर्माण भैरहेको शिव मन्दिर निर्माणको अनुगमन गर्ने क्रममा नेपालगन्ज उपहानगरपालिका वडा नं ११ बस्ने मंगल वैश्य र नेपालगन्ज उमहानगरपालिका ११ स्थयी ठेगाना भाई हाल नेपालगन्ज उपमहनगरपालिका वाड नं ८ बस्ने गणेश वैश्य, रवि वैश्य, राजु वैश्यले निर्माण कार्यलाई अबरोध गर्दा दुबै पछमा बिवाद भएको थियो ।
नेपालगन्ज उपमहनगरपालिका नं ८ का अध्यक्ष र सफाईकर्मी बुद्दु वाल्मीकि माथि हातपात गरेका हुन । अहिले निर्माण कार्य धम्की त्रास देखाई अभद्र ब्यवहार गरेका हुन । अध्यक्ष गुप्ता माथी हातपात गर्ने लाई प्रहरीले नियन्त्रणमा लिएको छ । अहिले शिव मन्दिरमा भइरहेको निर्माण कार्यको कुरालाई लिएर बिवाद भएको स्थानीयले जनाएका छन् ।
एतिहासिक मन्दिरको जीर्णउद्धार गरी रहेको बेलामा स्थानीयवासि मंगल् बैश्य अन्य स्थानीयलाई उकसाए पछि समुहले अध्यक्ष गुप्ता माथी हातपात गरेका हुन । अहिले स्थानीय सरकार प्रमुख जनप्रतिनिधि माथि हातपात गर्ने प्रसासनले के कार्यवाही गर्ने हेर्न वाकी ।





