२९ आश्विन २०८३, बिहीबार

नेपालमा कसको हो नेकपा ? को-को गर्दै छन् थप तयारी

एसीपी संवाददाता

२४ फाल्गुन २०७७, सोमबार १४:५३ मा प्रकाशित

साविक नेकपा अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले सर्वोच्च अदालतको फैसला अनुसार पूर्ववतः पार्टी एमाले र माओवादी केन्द्रमा नै रहेर एकता प्रयास गर्ने निर्णय गरेको छ ।

सोमबार कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले पूर्वएमाले नेताहरु एमालेमै रहने र दाहालसहितका पूर्वमाओवादी नेताहरु माओवादी केन्द्रमै रहने र एकता प्रयास गर्ने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

आइतबार सर्वोच्च अदालतले नेकपालाई मान्यता नदिई एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएको थियो । रिट निवेदकको माग दाबीभन्दा बाहिर गएर एकीकृत पार्टीलाई विभाजन गर्ने फैसला प्रति गम्भीर असहमति रहँदारहँदै पनि फैसला कार्यान्वयको प्रक्रियामा जाने पनि श्रेष्ठले बताउनुभयो ।

असहमति हुँदाहुँदै पनि आफ्नै ढंगले कार्यान्वयको प्रक्रियमा जाने र कानुनी ढंगले पनि उपचार खोज्ने प्रक्रिया अगाढि बढाउने उहाको भनाई छ । प्रचण्ड माधव समूहको यो रुपमा भएको स्थायी कमिटीको बैठक यो नै अन्तिम भएको उहाले बताउनुभयो ।

श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनैपर्ने बाध्यात्मक अवस्था आइसकेको समेत बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x