नेपालमा चीनको नयाँ रणनीति , रुष्ट नेता त युवाहरूमा लगानी
कुनै बेलामा मधेशको वकालत गर्ने नेताका रूपमा रहेका नेपाली काङ्ग्रेस का नेता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंह चीन भ्रमणमा गएका छन् ।
उनलाई चीनिया निम्तो गएको श्रोतले जनाएको छ । रास्वपा संग असन्तुष्ट रहेका बेला अमरेश सिंह को चीनिया भ्रमण शंकाले घेरिएको छ । उनी मधेसमा आफ्नो राजनीति शुरूवात गरेका तर मन्त्री परिषद न परेकाले उनि राष्ट्रिय स्वतन्त्र पार्टी बाट असन्तुष्ट बनेका हुन । उनलाई चीनिया निम्तो आउनु भनेको यो सरकार लाई उल्टाउनु पर्छ भनेर चीनिया सरकारको अभियान सार्वजनिक भएको छ ।
नेकपा एमालेका नेता र काङ्ग्रेस नेताहरु मिलेर बनाएको सरकार जेन जि आन्दोलन पछि ढालेको थियोे । निर्वाचन पस्चात बालेन सरकार आउँदा अमेरिका को पश्चिमी करण नेपालमा हावी भएको चीनको ठहर छ ।
बुधबार चीन प्रस्थान गरेका उनी शनिबार फर्किने जानकारी उनीनिकट स्रोतले दिएको छ । तर, उनी कुन कार्यक्रमको लागि गएको भन्ने खुलाइएको छैन ।
यता रास्वपा नेतृत्वको सरकारका गतिविधि र रास्वपाको महाधिवेशनका बेला सिंह असन्तुष्ट बनेका थिए । सात दिनसम्म चितवनमा महाधिवेशन भए पनि अमरेश सहभागी भएका थिएनन् । संसदबाटै सिंहको सरकारको कार्यसम्पादनप्रति तीव्र असन्तुष्टि जनाएका थिए ।
उनै असन्तुष्ट अमरेशको चीन भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
अब रास्वपा बाट रुष्ट रहेका नेता तथा कार्यकर्ता सङै काङ्ग्रेस नेकपा एमाले र माओवादी का युवाहरूलाई चीन सरकारले प्रोत्साहन गर्न शुरु गरेको छ ।


