१३ असार २०८३, शनिबार

नेपालमा मंगलबार थप १ हजार ३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि

एसीपी संवाददाता

६ आश्विन २०७७, मंगलवार १३:१९ मा प्रकाशित

नेपालमा मंगलबार थप १ हजार ३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

https://www.youtube.com/watch?v=XcvSwPi_8kc

देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ४सय ५९ महिला र ८ सय ९७ पुरुष गरि थप १ हजार ३ सय ५६ जनामा कोरोना पुष्टि भएको हो । मंगलबार काठमाडौं उपत्यकामा थप ६ सय ४७ जनामा कोरोना देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ सय ७३ महिला र ३ सय ३८ पुरुष गरि ५ सय ११ जना, भक्तपुरमा २२ महिला र ४१ पुरुष गरि ६३ जना र ललितपुरमा २७ महिला र ४६ पुरुष गरि ७३ जना रहेका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ । त्यस्तै कोरोनाका कारण नेपालमा थप २ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय २९ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ४२ जना रहेका छन् । मंगलबार ८ सय २३ जना डिष्चार्ज भएका छन् । यो संगै नेपालमा कोरोना निको हुनेको संख्या ४८ हजार ०६१ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
हाल क्वारेन्टाइनमा ७ हजार १ सय ७१ जना रहेका छन् । त्यस्तै होम आइशोलेशनमा ८ हजार ९ सय ४९ जना रहेका छन् भने संस्थागत आइशोलेशनमा ९ हजार १ सय ९३ जना रहेका छन् । त्यस्तै हालसम्म ९ लाख ३४ हजार ९ सय ७७ वटा पिसिआर भएको मन्त्रालयले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x