१४ मंसिर २०८३, आईतवार
नेपालले पिएनजीलाई हराउँदै शृङ्खलामा सुखद सुरुआत
आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय शृंखलामा नेपालले आज पपुवा न्युगिनी (पिएनजी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ। संयुक्त अरब इमिरेट्स (युएई) को सारजाहमा खेल नेपाली समय अनुसार सवा ११ बजेदेखि सुरु हुनेछ।
नेपाल पिएनजीलाई हराउँदै शृङ्खलामा सुखद सुरुआत गर्न चाहन्छ। पिएनजी पनि नेपाललाई हराएर पहिलो जित निकाल्ने दाउमा छ।
नेपाल पहिलो पटक सन्दीप लामिछानेको कप्तानीमा एकदिवसीय खेल खेल्दैछ। नेपालले यसअघि पिएनजीविरुद्ध खेलेको दुवै एकदिवसीय आफ्नो पक्षमा पारेको थियो।
शृंखलाअघि नेपालले श्रीलंकामा चार अभ्यास खेल खेलेको थियो। तीन खेल जित्दा एकमा हार बेहोरेको छ।
लिग-२ मा नेपालले ८ खेलमा ८ अंक जोडेर छैटौं स्थानमा छ। अंकविहीन पिएनजी १३ खेल खेल्दै पुछारमा छ।
Subscribe
Login
0 Comments


