नेपालीहरुको लागि भारत र बाङ्लादेशमा कुचो राम्रो बजार
आर्थिक वर्ष ०७८/७९ मा नेपालले ७१ कराेड ८९ लाख रुपैयाँबराबरको कुचो निर्यात गरेको छ । मुख्यगरी अम्रिसोको कुचो निर्यात हुने गरेको नेपाल कुचो संघका अध्यक्ष राजकुमार कार्कीले बताए । त्यस्तै, बाँस, नरिवलको सिन्कालगायतका कुचो पनि निर्यात हुन्छ, तर त्यसको परिमाण भने थोरै छ । कुचोको मुख्य बजार भारत हो । नेपाल कुचोमा आत्मनिर्भर भएर निर्यात गर्न सक्ने भएको कार्कीको भनाइ छ । विभागको तथ्यांकअनुसार गत आवमा भारतमा ६९ करोडको र बंगलादेशमा ११ लाखको कुचो निर्यात भएको छ ।
नेपाली टाँक भारतदेखि युरोप र अमेरिकासम्म
भन्सार विभागका अनुसार गएको आर्थिक वर्षमा नेपालबाट २९ लाखको टाँक निर्यात भएको छ । नेपालबाट थोरै परिमाणमा निर्यात हुने टाँकको गन्तव्य भने धेरै देश छन् । भन्सार विभागका अनुुसार गत आवमा भारत, अमेरिका, चीन, जर्मनी, नेदरल्यान्ड र हङकङमा टाँक निर्यात भएको छ । सबैभन्दा बढी हङकङमा १७ लाखको निर्यात भएको छ ।


