१३ असार २०८३, शनिबार

नेपाली अभिनेत्री निरिषा बस्नेत हिन्दी सिरियलमा

एसीपी संवाददाता

२८ पुष २०७७, मंगलवार १८:४६ मा प्रकाशित

चलचित्र ‘जानी नजानी’ बाट नेपाली चलचित्रमा कदम राखेकी अभिनेत्री निरिषा बस्नेतले हिन्दी सिरियलमा आफ्नो अभिनय प्रस्तुत गर्दै छिन् ।

सोनी सब टिभीबाट प्रशारण हुन लागेको सिरियल ‘अलादिन : नाम तो सुना होगा’ मा उनी अनुबन्ध भएकी छिन् । अहिले यो सिरियलको छायांकन भइरहेको छ ।

सिद्धार्थ निगम, आशी सिंह, स्मिता बन्सल लगायतका कलाकारहरुको साथमा निरिषाले यो सिरियलमा अभिनय गर्ने छिन् । यसमा आफू नेगेटिभ रोलमा रहेको निरिषाले बताएकी छिन् ।

निरिषा भन्छिन्, ‘म ‘अलादिन’ को हिस्सा बन्न पाएकोमा एकदमै खुसी छु । यसमा मैले नकारात्मक चरित्र निभाएकी छु र अलादिनको जीवनमा धेरै अवरोधहरू सृजना गर्नेछु ।’

उनले यो भन्दा अगाडि हिन्दी सिरियल ‘चन्द्र नन्दिनी’ मा मुख्य भूमिका निभाइसकेकी छिन् भने अर्को हिन्दी सिरियल ‘तेनाली रामा’ मा पनि केमियो भूमिका निभाएकी थिइन् । सिनेसंचारबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x