१३ असार २०८३, शनिबार

नेपाली राजदूतावासले नयाँ राहदानी लिनआउने सम्बन्धी सूचना प्रकाशित ! (आवेदकहरूको नामावली लिष्ट सहित)

एसीपी संवाददाता

१६ फाल्गुन २०७७, आईतवार ०४:२९ मा प्रकाशित

अरशद शेष राई साउदी अरेबिया –

साउदी अरेबियास्थित नेपाली राजदुतावास रियादले नयाँ राहदानी लिनआउने सम्बन्धी सूचना प्रकाशित गरेको छ । यसका लागि राजदूतावासले शनिवार एक सूचना प्रकाशित गरि सबैलाई जानकारी गराएको हो ।

साउदी अरेबियाको राजधानी रियादमा रहेको नेपाली राजदुतावासमा राहदानी नविकरणका लागि १७ जनवरी २०२१ सम्म आवेदन दिनुभएका संलग्न लिष्टमा नाम भएका आवेदकहरूको राहदानी बनेर राजदूतावासमा आइसकेको दूतावासले जनाएको छ

। संलग्न लिष्टमा नाम भएका आवेदकहरूले आफ्नो नयाँ राहदानी लिन आउँदा साथमा अनिवार्य पुरानो राहदानी र राजश्व बुझाएको सक्कल रसिद सहित दूतावासमा सम्पर्क गर्न दूतावासले सबैलाई अनुरोध गरेको छ । दूतावासले साउदी अरेबियाको पूर्वी क्षेत्र दमाम, जुबेल र खोबरबाट आवेदन दिनुभएका आवेदकहरूको लागि नयाँ राहदानी लिन आउने सूचना छिट्टै प्रकाशन गरिने नेपाली राजदूतावास, रियादले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x