५ आश्विन २०८३, सोमबार

नेपाली संगीतप्रेमी माँझ लोकप्रिय रहेको गीत ‘फुल बुट्टे सारी’गाउँदै पन्जाबी गायक

एसीपी संवाददाता

२० चैत्र २०७७, शुक्रबार ०१:४९ मा प्रकाशित

काठमाण्डौ । पछिल्लो समय नेपाली संगीतप्रेमी माँझ लोकप्रिय रहेको गीत ‘फुल बुट्टे सारी’ बोलको गीतलाई अहिले सबै दर्शकहरुले मन पराएका छन् । पछिल्लो समय हरेक उमेर समूहका व्यक्तिको जनजिब्रोमा बसेको यो गीतले टिकटकजस्ता सामाजिक सञ्जालमा व्यापकता पाइरहेको छ ।

महिला तथा पुरुष दुबैले स्वर दिएको यो गीत पछिल्लो समय सर्वाधिक चर्चाको गीत बन्न सफल भईसकेको छ । यस गीतले छोटो समयमै युट्युबमा करोड बढी भ्युज पाई सकेको छ । सार्वजनिक अघिल्ला दुइ भर्सनले एक करोड बढी भ्युज पाईसक्दा नयाँ गीत सार्वजनिक भएको हो ।

मेल र फिमेल भर्सनको लोकप्रियता पश्चात यो गीत चाइल्ड र लेजेण्डरी भर्सनमा समेत आएको थियो । यी सबै भर्सनलाई अहिले दर्शक श्रोताले निकै नै रुचाएका छन् । नेपाली र नेपाली भाषिले यो गीतलाई मन पराउनु स्वभाविक नै हो तर उक्त गीतलाई त विदेशीले समेत आफ्नो स्वरमा गाएका छन् ।

संगतिको कुनै भाषा हुँदैन भनेको सायद यसै भएर होला । पछिल्लो समय यसलाई एक अफ्रिकी गायिकाले गाएकी थिइन् । जस्लाई प्रष्ट रुपमा नेपाली बोल्न आउँदैन । तर संगीतले न भाषा न तन सिमा केही कुरा निर्धारण गर्न सक्दैन भने झैं ती अफ्रिकी गायिकाकोलागी पनि उक्त गीत त्यस्तै भईदियो । उनीद्धारा गायिएको उक्त गतिलाई दर्शक श्रोताले निकै नै मन पराएका थिए ।

अहिले सोही गीतलाई एक पन्जावी गायकले गाएका छन् । जुन यतिबेला सामाजिक सञ्जालहरुमा निकै नै रुचाईएको छ । ती पंजाबी गायकले गाएको फुल बुट्टै सारीलको भिजुअल हेर्दा लाग्दैन कि उनलाई नपाली भाषा बोल्न आउँदैन भन्ने । हाँसी हाँसी फुल बुट्टे सारी बोलको उक्त गति गाएका उनी २४ घण्टा नबित्दै सारा नेपालीको मनमा बस्न सफल भएका छन् । उनको गायिकीलाई सबैले तारिफ गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x