१८ श्रावण २०८३, सोमबार

नेपाली २० को नोट छाप्न जिम्मा चिनियाँ कम्पनी लाई

एसीपी संवाददाता

२१ फाल्गुन २०७९, आईतवार १५:२९ मा प्रकाशित

२० रुपैयाँ दरका ३१ करोड वटा नेपाली नोट छाप्न चिनियाँ कम्पनीले ठेक्का पाएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चिनियाँ कम्पनी एम/एस चाइना ब्यान्कनोट प्रिन्टिङ एन्ड माइन्टिङ कर्पोरेसनले नोट छाप्ने ठेक्का पाएको हो ।

केन्द्रीय बैंकले ४६ लाख ९८ हजार ६५० अमेरिकी डलर अथात् नेपाली रुपैयाँ करिब ६२ करोड २१ लाख ६२ हजार रुपैयाँ लागतमा २० रुपैयाँ दरका ३१ करोड थान नोट छाप्ने ठेक्काका लागि उक्त कम्पनी छनोट गरेको हो । चिनियाँ कम्पनीले ती नोट छाप्न ४६ लाख ९८ हजार ६ सय ८५ अमेरिकी डलरमा बोलपत्र हालेको थियो ।

उक्त बोलपत्र नै कम मूल्यको भएकोले राष्ट्र बैंकले चिनियाँ कम्पनीलाई नोट छाप्ने ठेक्का दिएको हो । २० रुपैयाँ दरका ३१ करोड थान नोटको डिजाइन, छपाइ र ढुवानीको काम सोहि चिनियाँ कम्पनीले नै गर्नेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x