नेपाल भारत मैत्री संगठन का अन्तर्राष्ट्रिय अध्यक्ष अनुप परामर सम्मानित
नयाँ दिल्ली – गुरु रविदास विश्व महापीठको तत्वावधानमा दिल्लीस्थित कन्स्टिट्युशन क्लब अफ इन्डियामा आयोजित राष्ट्रिय कार्यकारिणी तथा पदाधिकारी बैठकमा नेपाल भारत मैत्री संगठनका अन्तर्राष्ट्रिय अध्यक्ष डा. अनुप परमारलाई सम्मान गरिएको छ । 
कार्यक्रममा रविदास आचार्य पीठाधीशवर, पूर्व मन्त्री सुरेश राठौर, पूर्व विधायक चौधरी चन्द राम, पूर्व केन्द्रीय मन्त्री डा. संजय पासवान, राष्ट्रिय महासचिव संगठन सुरज भान कटारिया, डा. केवल कृष्ण राष्ट्रिय मन्त्री, भारत देशभरिका नेता तथा कार्यकर्ताहरू सहित राज्यका सबै वरिष्ठ कार्यकर्ताहरू र १५ राज्यका प्रतिनिधिहरू उपस्थित रहेका थिए । 
कार्यक्रममा नेपाल भारत मैत्री संगठनका अन्तर्राष्ट्रिय अध्यक्ष डा. अनुप परमारले गुरु रविदास र राष्ट्रका विभिन्न सन्तहरूको जीवनको चर्चा गर्दै आगामी समयमा नेपालमा काम गर्नुपर्ने आवश्यकता रहेको बताए। दिल्ली प्रदेश अध्यक्ष सुनील खुर्चन, जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य देवीलाल को उपस्थिति थियो। 


