नेपाल–भारत मैत्री संघको सातौं केन्द्रिय मैत्रीसभा तथा महाधिबेशन नेपालगन्जमा शुरु
संघको केन्द्रिय मैत्रीसभा तथा महाधिबेशन नेपालगन्जमा शुरु प्रतिनिधी सभा सदस्य एव पुर्ब मन्त्री संजय कुमार गौतमले शनिबार पानसमा दिप प्रज्जवलन गरि कार्यक्रमको उदघाटन गर्नुभयो । संघका केन्द्रिय अध्यक्ष राजकुमार सिन्धीको अध्यक्षतामा कार्यक्रम भएको हो । प्रमुख अतिथी गौतमले संघले नेपाल र भारत बीचको सम्बन्ध प्रगाढ बनाउन पुलको काम गरेको बताउनुभयो । नेपाल र भारत बीच बिभिन्न समयमा देखिएका समस्याको समाधानका लागि पनि संघले महत्वपुर्ण समन्वय गरेको गौतमको भनाई छ । ६ दशक अघि स्थापना भएको संघको प्रमुख उद्देश्य दुबै देश बीचको सम्बन्ध प्रगाढ बनाउनुका साथै सांस्कतिक, साहित्यीक, भाषिक कार्यक्रमको आदान प्रदान गर्नु भएको बताउनुभयो । उहाले नेपालका ७० जिल्लामा संघ गठन भएको भन्दै करिब ९ हजार नेपाली नागरिक यसको आजिवन सदस्य रहेको जानकारी दिनुभयो । महाधिबेशनबाट नँया कार्यसमिती चयन गरिने उहाले बताउनुभयो । कार्यक्रममा पुर्ब सासंद मोहम्मदी सिद्दिकी, भोला सिद्दिकी लगायत यहाका उद्योगी ब्यवसायीहरु, शिक्षा क्षेत्रका प्रतिनिधीहरु, साहित्यकारहरुको उपस्थिती रहेको छ ।


