२८ आश्विन २०८३, बुधबार

नेपाल र खनाल पक्षको बैठकले भेलालाई नरोक्ने

एसीपी संवाददाता

३ चैत्र २०७७, मंगलवार ०३:१४ मा प्रकाशित

नेकपा एमालेका बरिष्ठ नेताहरु माधव कुमार नेपाल र झलनाथ खनाल पक्षले राष्ट्रिय कार्यकर्ता भेलालाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।

काठमाडौंमा सोमबार बसेको नेपाल र खनाल पक्षको बैठकले भेलालाई नरोक्ने भन्दै प्रभावकारी बनाउने निर्णय गरेको नेता योगेश भट्टराईले जानकारी दिनुभयो ।

चैत्र ४ र ५ गतेको लागि आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाले पार्टीलाई आगामी बाटो देखाउने उहाले बताउनुभयो । भेलामा सहभागी कार्यकर्ताको सुझावका आधारमा अघि बढ्ने तयारी भएको उहाले बताउनुभयो । बैठकमा माधव नेपालले सोमबार बिहान केपी ओलीपक्षसंग भएको छलफलका बारेमा  जानकारी गराउनुभएको नेता भट्टराईले जानकारी दिनुभयो ।

बैठकले ओलीको चियापानमा नजाने निर्णय गरेको बताइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x