१४ मंसिर २०८३, आईतवार
न्युयोर्कमा प्रधानमन्त्री प्रचण्ड र श्रीलंकन रास्ट्रपति भेट्
काठमाडौं- संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा भाग लिन न्यूयोर्क रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमसिङ्घेबीच मङ्गलबार न्यूयोर्कमा भेट भएको छ। दुबै देशका नेताले एक अर्काको देशको बारेमा हाल खबर लिन का साथै राजनीतिक ब्यवहारका सहयोग गर्ने बताएका हुन ।
भेटका अवसरमा प्रधानमन्त्री दाहाल र श्रीलंका का राष्ट्रपति विक्रमसिङ्घेबीच नेपाल र श्रीलङ्काको द्विपक्षीय सम्बन्ध विस्तार तथा बहुपक्षीय सहकार्यका बारेमा छलफल भएको न्यूयोर्कस्थित नेपाली नियोगले जनाएको छ। प्रधानमन्त्री दाहाल न्युयोर्क बाट चीन जाने र चीन स्थित रास्ट्रपति सि जिन्पिङ लगाएतका नेता सङ भेट्घाट गर्ने हुन ।
Subscribe
Login
0 Comments


