२९ आश्विन २०८३, बिहीबार

पटक–पटक सरकार बनाए’, महतोले भने तर देश बनाएनन्

एसीपी संवाददाता

१८ फाल्गुन २०७७, मंगलवार ०१:३८ मा प्रकाशित

जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले मुलुकको दुर्गतिका कारक ठूला दल रहेका आरोप लगाएका छन् । 

सोमबार कञ्चनपुरमा आफ्नो पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै उनले ठूला भनाउँदा पार्टीहरुले मुलुकको समृद्धि, जनताको अधिकार समाप्त पारेको बताए । ‘यिनीहरुले कहिले कम्युनिष्ट त कहिले काङ्ग्रेसको नाममा जनताबाट मत पाएर पटक–पटक सरकार बनाए’, महतोले भने । ‘तर, देश बनाएनन् उल्टै मुलुकलाई दुर्गतिमा धकेले ।’ 

एउटा संविधान बनाएर अमेरिका संसारकै शक्तिशाली मुलुक बनेको नेता महतोको भनाइ थियो । त्यसैगरी, एउटा संविधानलाई पटक–पटक संशोधन गरेर भारतले विकास गरिरहेको उल्लेख गरे । तर, सात÷सात वटा संविधान बनाएको हाम्रो मुलुक संसारकै गरीब राष्ट्रमा पर्ने गरेको उनले बताए । 

‘एउटै संविधान बनाएर अमेरिका दनियाकै शक्तिशाली राष्ट्र बन्ने तर, सात÷सात वटा संविधान बनाएर नेपाल किन समृद्ध भएन ?’, नेता महतोले अगाडि थपे । ‘किनभने, नेपालका सबै जनताले अधिकार र पहिचान पाएनन् । राणा शासनकालीन गणतन्त्र लागू गरेर एकल शासन गर्ने कार्य भइरहेको छ । त्यसकारण, मुलुक समृद्ध हुन सकिरहेको छैन । झन गरीब बन्दै गएको छ ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x