१४ मंसिर २०८३, आईतवार

पत्रकार नवीन गिरी नेपाली कांग्रेस बाँकेको प्रेस सल्लाहकार नियुक्त

एसीपी संवाददाता

२३ चैत्र २०७८, बुधबार १५:२७ मा प्रकाशित

पत्रकार नवीन गिरी नेपाली कांग्रेस बाँकेको प्रेस सल्लाहकार नियुक्त भएका छन् । पार्टी सभापति नारायण प्रसाद गौडेलले गिरीलाई प्रेस सल्लाहकार नियुक्त गरेका हुन् ।

मिडियामा पार्टीको सहज पहुँच तथा पार्टीलाई प्रेस (मिडिया) सम्बन्धि आवश्यक सल्लाह-सुझाव दिने गरी गिरीलाई प्रेस सल्लाहकार नियुक्त गरिएको सभापति गौडेलले बताए ।

विगत दुई दशकदेखि पत्रकारितामा क्रियाशील गिरी रेडियो नेपालको बाँके संवाददाता र बागेश्वरीपोस्ट डटकमको प्रधान सम्पादक हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x