२९ आश्विन २०८३, बिहीबार

पत्रकार विरुद्ध सर्बोच्च अदालतमा मुद्दा

एसीपी संवाददाता

१४ बैशाख २०७८, मंगलवार ००:४६ मा प्रकाशित

काठमाडौँ — गैरकानुनी रुपमा पत्रकारलाई पक्राउ गरिएको भन्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । उज्यालो नेटवर्क डटकमका पत्रकार दुर्गालाल लामालाई प्रहरीले गैरकानुनी रुपमा पक्राउ गरेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर निकाय(रअ)का प्रमुख सामन्त गोयलबीच भएको भनिएको विवादास्पद सम्झौताको प्रति भन्दै त्यससँग सम्बन्धित समाचार उज्यालो नेटवर्क डटकमले प्रकाशित गरेको थियो । फर्जी भनिएको उक्त सम्झौतापत्र प्रकाशित भएलगत्तै उज्यालो नेटवर्कले माफी मागेको थियो ।
त्यसपछि प्रहरीले आफूलाई धरपकड गर्न खोजेको भन्दै उज्यालो नेटवर्कका सञ्चालकहरु उच्च अदालत पाटन पुगेका थिए । उच्च अदालतले तत्कालका लागि उनीहरुलाई पक्राउ नगर्नु भनेर अन्तरिम आदेश दिएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । मंगलबार बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुनेछ । ईकान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x