२ आश्विन २०८३, शुक्रबार

पल विरुद्ध करणीसम्बन्धी उजुरी परेपछि उनी फिल्मको प्रिमियरमा आएनन्

एसीपी संवाददाता

१४ फाल्गुन २०७८, शनिबार ०९:५१ मा प्रकाशित

काठमाडौ । पछिल्लो समय नेपालकै चर्चित गायिकाको रुपमा उदाएकी एक नाबालिग माथि हिरो पल शाहले ब’ला’त्का’र ग’रे’को उजुरी परेको छ । उजुरी परे लगत्तै नायक पल शाह फरार भएका छन् । प्रहरीले उनको खोजी तिब्र पारेको छ । अभिनेता पल शाह फिल्म ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियरमा बुधबार थियो ।

उनी बिरुद्ध उजुरी परेपछि प्रिमियरमा समेत उनी आउन पाएनन् । जिल्ला प्रहरी कार्यालय तनहुँमा पल विरुद्ध करणीसम्बन्धी उजुरी परेपछि उनी फिल्मको प्रिमियरमा नआएका हुन् । प्रिमियर बाटै प्रहरीले उनलाई नियन्त्रणमा लिने तयारी बुझे पछि उनी फरार भएका हुन् ।

शाहबाट आफू पीडित भएको भन्दै एक नाबालिगले उनी विरुद्ध क’र’णीको उजुरी दिएकी छन् । पललाई प्रिमियरमा सहभागी गराउने कि नगराउने दुबिधाका कारण फिल्मको प्रिमियर समेत ढिला सुरु भएको थियो ।

‘कीर्तिपुर कप्लेक्स’ मा साँझ साढे ५ बजे आयोजना गरिएको प्रिमियर २ घण्टा ढिलो सुरु भएको थियो । सुर्दशन थापाको निर्देशन रहेको फिल्म कोरोनाकाल भन्दा अगाडी नै निर्माण सम्पन्न भएर रिलीजको तयारीमा रहेको थियो । फिल्ममा पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x