४ आश्विन २०८३, आईतवार

पश्चिम नवलपरासीमा ८० हजार मुल्य बराबरका २ वटा राँगा बरामद

एसीपी संवाददाता

११ फाल्गुन २०७७, मंगलवार १५:२३ मा प्रकाशित

उर्मिला यादव फागुन ११

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले भारतबाट अवैध रुपमा ल्याउदै गरेको दुई वटा राँगा बरामद गरेको छ । प्रहरीका अनुसार सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले आज बिहान भारतबाट भन्सार छली अवैध रुपमा डोहोर्याउदै ल्याउदै गरेको अवस्थामा सरावल गाँउपालिका वडा नं. ५ वडहरा दुवौलिया बाट बरामद गरेको हो । बरामद राँगा डोरीले डोहोर्याउदै ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि राँगा छाडि मानिस भागेको प्रहरीले जनाएको छ । बरामद भएको राँगाको प्रति जिउ (गोटा) ४० हजारका दरले ८० हजार मुल्य बराबर रहेको छ । बरामद दुवै राँगा आजै आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनुु भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x