१० बैशाख २०८३, बिहीबार

पाकिस्तानीको लाहौर बिश्वको सबैभन्दा धेरै प्रदुसित शहर हो

एसीपी संवाददाता

१० बैशाख २०८३, बिहीबार १४:०० मा प्रकाशित

काठमाडौं विश्वकै दोस्रो प्रदूषित शहर बनेको छ। बिहीबार काठमाडौंको वायु गुणस्तर सूचकांक एक्युआई २११ पुगेको स्विजरल्यान्डस्थित वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यू एयरले जनाएको छ।

यसअघि बिहान वायु गुणस्तर सूचक एक्युआई २४७ सम्म पुगेको थियो। एक्युआई २०१ देखि ३०० पुग्नुलाई निकै अस्वस्थ मानिन्छ। प्रदूषित शहरको पहिलो स्थानमा पाकिस्तानको लाहोर छ। लाहोरमा वायु गुणस्तर सूचक एक्युआई २४७ छ। बिहान त्यहाँको एक्युआई ३ सय ८२ पुगेको थियो।

नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार ०-५० हुँदा राम्रो, ५१-१०० हुँदा मध्यम, १०१-१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१-२०० अस्वस्थ, २०१-३०० निकै अस्वस्थ मानिन्छ। ३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ।

वायु प्रदूषणले श्वासप्रश्वाससम्बन्धी समस्या हुनुका साथै आँखा पोल्ने, टाउको दुख्ने जस्ता समस्या बढ्ने खतरा उच्च हुन्छ। विज्ञहरूले अत्यावश्यकबाहेक बाहिर ननिस्कन, मास्क प्रयोग गर्न र बालबालिका, वृद्ध तथा दीर्घरोगीलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।नागरिक

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x