१४ कार्तिक २०८३, शुक्रबार

पूर्ण सावधानी अपनाउदै परीक्षा संचालन

एसीपी संवाददाता

२२ पुष २०७७, बुधबार १४:४३ मा प्रकाशित

कृष्णनगर/कपिलवस्तु , पुस २२ – कपिलवस्तुको कृष्णनगरमा रहेको जामिया सिराजुलवलुम अलसल्फिया झण्डानगरमा पुस २२ गते मंगलवार देखि विद्यार्थी हरुको अर्धवार्षिक परीक्षा शुरु गरेका छन। यो परिक्षामा लगभग ८०० विद्यार्थी हरु को सहभागिता रहेको छ परिक्षा दुई चरणमा भइ रहेको छ बिहाना ८:३०बजे देखि १०:३०बजे सम्म पहिलो चरण र १:३०बजे देखि ३:३०बजे सम्मा दोस्रो चरणको परिक्षा हुदै छ र परिक्षा संचालन गर्दा कोभिड १९ (कोरोना भाइरस) बाट विद्यार्थी,शिक्षकहरु लाई बचाउनको निम्ति पूर्ण सावधानी अपनाउदै समाजिक दूरी कायम गरि अनिवार्य रुपमा माक्स, सेनिटाइजर को प्रयोग गरि मात्रै परिक्षा हालमा आउन दिएका कुरा जामिया सिराजुलवलुम अलसल्फिया झण्डानगरका प्रवक्ता मौलाना मसहूद खां नेपाली ले बताएका छन।

जामिया सिराजुलवलुम अलसल्फिया का अध्यक्ष समिम अहमद नदवीको भनाईनुसार कोभिड–१९ महामारीबाट बिद्यार्थी, अभिभावक, कलेजका प्राध्यापक तथा कर्मचारी सबैलाई बचाउनाको लागि समग्र समुदायका जनताको स्वास्थ्यप्रति ख्याल गर्दै कलेज बन्द गरिएको थियो ।र नेपाल सरकारले जारी गरेको निर्देशिकको पालन गरि मंसिर ६ गते देखि पुनः कक्षा संचालन गरेका थिए र कालेज बन्द भएको समयमा हामी बैकल्पिक शिक्षा आनलाईन शिक्षा प्रणाली द्वारा विद्यार्थी हरु पढाउदै थियौ आनलाईन माध्यम बाट विद्यार्थी हरु लाई पढ़ाउने काम हाम्रा कालेजका शिक्षक हरु निरन्तर गरेका कारण ले मात्रै आज हामी परिक्षा शुरु गर्नामा सफल भएका छौं शिक्षकहरु ले गरेको मेहनत र काम प्रशंसनीय योग्य रहेको बताएका थिए।

मंगलवार बिहाना ९:३० बजे को समयमा कृष्णानगर नगरपालिकाका शिक्षा शाखा प्रमुख बलराम पन्थी, कालेज का अध्यक्ष समिम अहमद नदवी, प्रवक्ता मौलाना मसहूद खां नेपाली, नेपालपत्र न्यूज डट कम का संवाददाता शहबाज खान, लगायत का टोली ले परिक्षा हालमा पुगि स्थलगत परिक्षा व्यवस्थापन बारे बुझेका छन।

नेकपा विभाजित भएसँगै चार प्रदेशका मुख्यमन्त्रीले बहुमत गुमाए

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x