१ आश्विन २०८३, बिहीबार

प्रकाश सपूत र सृष्टी खड्का अभिनित ‘केशरी’ सार्वजनिक काठमाडौँ

एसीपी संवाददाता

१६ आश्विन २०७९, आईतवार ११:५२ मा प्रकाशित

प्रकाश सपूत र सृष्टी खड्का अभिनित ‘केशरी’ सार्वजनिक
काठमाडौँ ।  ब्लेक ब्रोज इन्टरटेनमेन्टको प्रस्तुतिमा गीत “केशरी केशरी”
सार्वजनिक भएको छ। गीतमा लोकप्रिय गायक बिष्णु भट्ट र नेपाल आइडल दोश्रो
संस्करणको फाइनलिस्ट अस्मिता अधिकारीको आवाज छ | गितमा शब्द अष्ट्रेलिया
बस्दै आएका विश्व गौडेलको र संगित बिष्णु भट्टकै रहेको छ | ब्लेक ब्रोज
इन्टरमेन्टबाट सार्वजनिक भएको गीतको भिडियोमा प्रकाश सपूत र सृष्टी
खड्काको अभिनय रहेको छ ।             https://youtu.be/ZyJLWxZEnsA

ठट्यौली प्रेमिल यस गीतको भिडियोलाई ऋषि राज आचार्यले निर्देशन तथा
महेश्वर आचार्य,रितु आचार्य र राजेन्द्र खातीले सह- निर्देशन गरेका छ्न |
गीतको भिडियोले अहिलेको वास्तविक समयलाई चित्रण गरेको छ | भिडियोमा मोहन
कुमारको छयांकन, अनिलकुमार मानन्धरको सम्पादन तथा सियोन श्रेष्ठको
कोरियोग्राफी रहेको छ | यस गीतलाई  मिक्सिङ / मास्टरिङ र एरेन्ज श्याम
श्वेत रसाइलीले गरेका हुन भने पृज्मा स्टुडियोमा रेकर्ड भएको हो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x