१३ मंसिर २०८३, शनिबार

प्रचण्ड र नेपालले दिए धोखा ओलि सङ निर्णायक वार्ता

एसीपी संवाददाता

१३ फाल्गुन २०७८, शुक्रबार ०१:१४ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच निर्णायक वार्ता चलिरहेको छ ।
https://youtu.be/Tk6HyHGCXgM
संसद बैठक स्थगित भएपछि नयाँ बानेश्वरस्थित संसद भवनमै देउवा र ओलीबीच छलफल सुरु भएको हो ।

एमसीसीलाई संसदमा छलफलमा लैजान कार्यव्यवस्था परामर्श समितिमा सहमति नजुटेपछि प्रधानमन्त्री देउवाले संसद बैठक स्थगित गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेका थिए ।

एमसीसीमा सहमति जुटाउन आजको बैठक सारेका प्रधानमन्त्री देउवाले प्रतिपक्षी दलको साथ लिन ओलीसँग वार्ता थालेका हुन् ।

एमसीसीमा सत्ता गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादीले विपक्षमा मतदान गर्ने जनाएपछि पारित गराउन प्रधानमन्त्रीले प्रतिपक्षी एमालेको साथ खोजेका हुन् । प्रधानमन्त्री देउवाले अब सत्ता गठबन्धन अघि बढ्न नसक्ने भन्दै कांग्रेस एमाले समीकरण बनाउनेगरी पहलकदमी लिएका हुन् । एमसीसी पारित गर्ने र कांग्रेस-एमाले समीकरण गराउनेगरी वार्ता भइरहेको छ ।
नेपालमा चिनियाँ नजर आर्थिक मामिलामा धराप बनाउने
प्रतिपक्षीका दलका नेता ओलीको च्याम्बरमा जारी बैठकमा उपनेता सुवास नेम्वाङ,  एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सहभागी छन् । त्यसैगरी कांग्रेसबाट महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसहित एमालेका तीन र कांग्रेसका तीन गरी ६ नेताबीच अहिले वार्ता भइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x