प्रधानमन्त्री ओलीद्धारा अब साविक नेकपा एमालेको बैठक बोलाउने तयारी
प्रधानमन्त्री केपी ओलीले अब साविक नेकपा एमालेको बैठक बोलाउने तयारी गरेका छन् । आइतबार बालुवाटारमा बोलाइएको संसदीय दलको बैठकमा ओलीले सर्वोच्च अदालतको फैसला अनुसार एमालेको बैठक बस्ने बालुवाटार स्राेतले बताएकाे छ ।
सर्वोच्च अदालतले नेकपाको एकता भंग हुनेगरी नेकपा एमाले र माओवादी केन्द्रलाई नै मान्यता दिने फैसला सुनाएपछि प्रधानमन्त्रीनिवास बालुवाटारमा आयोजित संसदीय दलको बैठकमा ओलीले त्यस्तो बताएका हुन् ।
केही दिनभित्रै एमाले दलको बैठक बसेर नयाँ राजनीतिक कोर्सबारे निर्णय लिइने पनि ओलीले बताए । राष्ट्रियसभामा नेकपाको उम्मेदवार बनेर निर्वाचित सांसदहरुबारे विशेष निर्णय गर्ने पनि ओलीले बताएका छन् ।
पार्टी प्रक्रियाकै क्रममा अदालतको फैसला आएकाले सबै सांसदहरुलाई बोलाइएको थियो । अब भने माओवादी केन्द्रबाट एमालेमा आउन चाहनेहरु र एमालेकै सांसदहरुको मात्रै बैठक बस्ने जानकारी ओलीले दिए । नेपालबहस


