६ मंसिर २०८१, बिहीबार

प्रमुखको कुरा नमानेर बेवास्ता गर्दै चिनियाँ ठेकेदार कम्पनी

एसीपी संवाददाता

८ आश्विन २०८१, मंगलवार १२:०६ मा प्रकाशित

पानी पर्न रोकिएपनि नारायणगढ बुटवल सडक खण्ड अन्तर्गत दाउन्ने पश्चिम खण्डमा ठेकेदारले सडक बिस्तारको काम अझै सुरु गरेको छैन् । चाडपर्व समेत निजिकिसकेका कारण सडकका खाल्डाखुल्डी पुर्ने गरी तिव्र गतिमा काम सुरु गर्न निर्देशन दिईएपनि ठेकेदारले वास्ता नगरेको पश्चिम खण्डका आयोजना प्रमुख शंशाक मिश्रले बताए ।

पटक पटक ठेकेदारलाई छिटो काम सुरु गर्न भनिएपनि ठेकेदारले आलटाल काम गरिरहेको मिश्रले बताए । ठेकेदार पक्षसँग शुक्रबार पनि छलफल भएको बताइएको छ । ठेकेदार चाईना स्टेट ईन्जिनियरिंग कर्पोरेशनले यस अघिनै काम सुरु गर्ने प्रतिवद्धता व्यक्त गरेपनि अझै कामलाई गति दिएको छैन् । एक दुई स्थानमा डोजर स्काभेटर खडा गरेर काम गरेको देखाएजस्तो गरिएको छ तर काम भएको छैन्, आयोजना स्रोतले भन्यो ।

सोहि सडक खण्डको दाउन्ने पुर्वि खण्डका विभिन्न स्थानमा भने सडक कालोपत्र गर्ने काम समेत सुरु भईसकेको अवस्थामा पश्चिम खण्डमा ठेकेदारले वर्षायामभर विश्राम दिएका कामदारलाई काममा समेत फिर्ता बोलाएको छैन् । मुलुककै सबैभन्दा व्यस्थ राजमार्ग अन्र्तगत पर्ने नारायणगढ बुटवल सडक खण्डको यो दुर्दशा हुन लागेको वर्षो भईसकेको छ तर चाडपर्वको समयमा सवारीको चाप अझ बढि हुने भएकाले भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दहालले सडकको स्थलगत अनुगमन गरी तत्कालै कामलाई तिव्रता दिन निर्देशन दिएपनि ठेकेदारले सुनेको छैन् । स्रोतका अनुसार आर्थिक अभावको चपेटामा परेको ठेकेदार कामनै नगरी फर्कने मनस्थितिमा थियो तर पछिल्लो सयम दबाबका बिच काम गर्न राजि भएपनि काम सुरु गर्न ढिलाई गरेपछि समस्या भएको हो । आयोजनाको नियामक निकायका पदाधिकारी समेत ठेकेदारले कुरा नसुन्दा दिक्क भएका छन् । दाउन्ने पश्चिम खण्डमा दाउन्ने उकालो सहित विभिन्न स्थानमा पुल निर्माणका काम बाँकि नै छन् । बर्दघाट लगायतका बजार क्षेत्रमा कालोपत्र नहुदा धुलो र हिलोको सास्ती छ । सडक विस्तार थालेको ६ वर्ष हुदा समेत यसको भौतिक प्रगति बल्ल ५३ प्रतिशत पुगेको छ । निर्माण गति सुस्त रहेकै बेला फेरि गत महिना सडक विस्तार पुरा गर्न भन्दै एक वर्षको म्याद थप गरिएको छ । तेस्रो पटक २०८२ साउन ८ सम्मका लागि गत महिना म्याद थप भएको हो ।

११३ किलोमिटर विस्तारको ठेक्का ०७५ चैत ८ मा भएको थियो । सुरु सम्झौता अनुसार ०७९ साउन २२ भित्र निर्माणको काम सकिसक्नु पर्ने हो । उक्त अवधिमा काम नसकिएपछि दोस्रो पटक ०८१ साउन ८ सम्मका लागि म्याद थपिएको थियो । उक्त अवधिमा पनि काम नसकिएपछि थप एक वर्ष म्याद थपिएको हो । सडक विस्तारको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको हो । उक्त कम्पनीले ढिलाइ गर्दा कामले गति लिन नसकेको हो । कामको गति बढाउने गरी म्याद थप गर्ने निर्णय भएको आयोजना निर्देशनालयले बताएपनि ठेकेदारले काममा गति दिनुको साटो झारा टार्ने काम मात्र गरेको छ । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सडक स्तरोन्नति थालिएको हो । यसको दुई खण्ड गरेर ठेक्का रकम १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रूपैयाँ छ । बुटवलटुडे

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x